सोमबार, १२ जनवरी २०२६

विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै देउवा निवास पुगे शेखर

News Image
• • •

नेपाली कांग्रेसका नेता शेखर कोइराला आफूनिकट नेताहरूसहित सभापति देउवा निवास पुगेका छन्।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने कार्यविधि पारित गरेपछि नेता कोइराला सहमहामन्त्रीहरू जीवन परियार र बद्रि पाण्डे, नेता मिनेन्द्र रिजालसहित देउवासँग सघन वार्तामा जुटेका हुन्।

आफूनिकट नेताहरूसँग गगन–विश्वले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक करार गरेका कोइराला पार्टी फुट्न नदिन आफू विष पनि पिउँन तयार रहेको भन्दै छलफलमा जुटेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!