बिएल संवाददाता
त्रिपक्षीय वार्ता सुरु भएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक केही घण्टा पर धकेलिएको छ। यता विशेष महाधिवेशनको बन्दशत्र चलिरहेका बेला नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो। बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो।
तर मंगलबार बिहानैबाट पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र विशेष महाधिवेशन पक्षका नेताहरूबीच वार्ता सुरु भएपछि बैठक दुईघण्टा पर सारिएको हो।
अहिले तीनै पक्षबीच बालुवाटारमा वार्ता चलिरहेको छ। त्यसमा पूर्णबहादुर खड्कासहित बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाललगायत नेताहरु र विशेष महाधिवेशन पक्षका प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरेलगायत सहभागी छन्। सोमबार राति अबेरसम्म पनि वार्ता भएको थियो। तर कुनै सहमति हुन सकेन।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन आइतबार उद्घाट भएको थियो। सोमबारदेखि बन्दशत्र सुरु भएको छ।
भृकुटीमण्डमा चलिरहेको विशेष महाधिवेशनमा लगभग ६०प्रतिशतभन्दा धेरै प्रतिनिधिहरू उपस्थित भएका छन्। यसबीचमा आज नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक पनि बोलाएको छ। तर विशेष महाधिवेशनमा भाग लिएका पदाधिकारी तथा सदस्यहरू भने उक्त बैठकमा नजाने बताएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया