बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन्।
जेनजी आन्दोलनको उथलपुथलपछि पहिलोपटक राष्ट्रिय सभा बैठक बस्न लागेको हो।
जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले संसद विघटन सिफारिस गरेपछि राष्ट्रपतिले सदर गरेका थिए। लगत्तै भदौ ३१ गते सरकारको सिफारिसमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए।
जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन आगजनी भएपछि यसपटक राष्ट्रिय सभाका लागि सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई विकल्पको रुपमा व्यववस्थापन गरिएको छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया