बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गतेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन्।
जेनजी आन्दोलनको उथलपुथलपछि पहिलोपटक राष्ट्रिय सभा बैठक बस्न लागेको हो।
जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले संसद विघटन सिफारिस गरेपछि राष्ट्रपतिले सदर गरेका थिए। लगत्तै भदौ ३१ गते सरकारको सिफारिसमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका थिए।
जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन आगजनी भएपछि यसपटक राष्ट्रिय सभाका लागि सिंहदरबारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई विकल्पको रुपमा व्यववस्थापन गरिएको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया