बिएल संवाददाता
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि नेपाली काँग्रेसको अर्को पक्ष भने अदालत जाने निर्णय गरेको छ। गगनकुमार थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको महाधिवेशनलाई आयोगले शुक्रबार मान्यता दिएको हो।
शनिबार देउवा समूहको केन्द्रीय समिति बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको थियो। बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने निर्णय गरेको हो।
बैठकका निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेता प्रकाशशरण महतले भने ‘भोलि नै अदालत जान्छौं। हामीलाई सर्वोच्चले न्याय गर्छ भन्ने विश्वास छ।’
उनले सानेपाको केन्द्रीय कार्यालय नै आधिकारिक काँग्रेसको मुख्य कार्यालय भएको र अहिले पनि पार्टीको सभापति शेरबहादुर देउवा अनि कार्यबाहक जिम्मेवारीमा पूर्णबहादुर खड्का रहेको पनि बताए। त्यसैले आफूहरूले केन्द्रीय कार्यालय नछोड्ने जिकीर पनि उनले गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया