बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना अब समाप्त भएको भन्दै प्रदर्शन जारी राख्न इरानी जनतालाई प्रेरित गरेका छन्। सरकारको विरोधमा देशभरि प्रदर्शन गरिरहेका इरानी जनतालाई आश्वासन दिँदै ट्रम्पले प्रदर्शनलाई अझै चर्काउन र मुख्य सहर अनि सरकारका मुख्यालयहरू कब्जा गर्न भनेका हुन्।
सामाजिक सञ्जालमा इरानी जनतालाई सम्बोधन गर्दै ट्रम्पले आन्दोलनकारीका लागि अमेरिकी सहयोग आउँदै गरेको पनि बताएका छन्।
‘इरानी राष्ट्रवादीहरूले आन्दोलन जारी राखून्, अनि आफ्ना संस्थानहरूमा नियन्त्रण कायम राखून्। हत्याराहरुको नाम सुरक्षित राख्नुहोस् उनीहरुलाई कडा कारबाही हुनेछ। उनीहरुले ठूलै मूल्य चुकाउनुपर्नेछ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘तपाईंहरूका लागि अमेरिकी सहयोग बाटोमै छ। पुग्दैछ। हामीले यो अर्थहीन नागरिक हत्या नरोकिएसम्म इरानी अधिकारीहरूसँग सबै प्रकारका संवादहरू बन्द गरेका छौं।’
यसबीचमा ट्रम्पले इरानामा सैन्य आक्रमणबारे पेन्टागन र आफ्ना सुरक्षा सल्लाहकारहरूसँग पनि छलफल अघि बढाएका छन्। डिसेम्बर अन्तिम सातादेखि इरानमा सरकार विरोधी आन्दोलन सुरु भएको थियो। आन्दोलनको सुरुवातमै ट्रम्पले आन्दोलनकारीलाई उक्साउँदै इरानी अधिकारीहरुलाई दमन नगर्न कडा चेतावनी दिएका थिए।
ट्रम्पको चेतावनीका वावजुद इरानी सरकारले आन्दोलनकारीमाथि ब्यापक दमन गरिरहेको छ। सरकारी अधिकारीहरुले आन्दोलनकारीको क्षतिबारे यकीन भनेका छैनन्। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू र विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले त्यहाँ २ हजारभन्दा धेरै आन्दोलनकारीको मृत्यु भसकेको दाबी गरेका छन्।
यसबीचमा हजारौं प्रदर्शनकारीलाई इरानी सुरक्षा फौजले गिरफ्तार पनि गरेको छ। कतिपय आन्दोलनकारीलाई सरकारले फाँसीको सजायसमेत दिने तयारी गरिरहँदा ट्रम्पले आन्दोलनकारीलाई त्यस्तो सजाय दिएमा इरानी अधिकारीहरूले त्यो भन्दा पनि ठूलो र भयानक सजाय पाउने चेतावनी दिएका छन्।
इरानका मुख्य सहरहरूमात्रै होइन अहिले ससाना इलाकाहरू पनि रणभूमिजस्तै बनेका छन्।
आन्दोलनकारीले ट्रम्पलाई इरानमाथि हस्तक्षेप गर्न आह्वान गर्दै उनकै तस्बिर बोकेर प्रदर्शन गरिरहेका छन्। इरानको इतिहासमा यो सबैभन्दा ठूलो र ब्यापक नागरिक आन्दोलनका रुपमा हेरिएको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया