बिएल संवाददाता
सभापति रवि लामिछानेले बजेट लेख्न अह्राएका उपसभापति स्वर्णिम वाग्लेले पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार वरिष्ठ नेता बालेन साहसँग छलफल गरेका छन्।
साहसँग आर्थिक सुधार, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको डेलिभरी मोडल लगायत विषयमा छलफल भइरहेको वाग्लेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
वाग्लेले माघ ५ गते सभापति रवि लामिछाने, बालेन साहसहित नेताहरू जनकपुर आउन लागेको जानकारी गराउँदै देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेसबाट हुने र निकास फागुन २१ को निर्वाचनले दिने भनेका छन्।
उनले लेखेका छन्, ‘उन्नयनको आसन्न अध्याय’ आर्थिक सुधारको शृंखला, वृद्धि, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको 'डेलिभरी मोडल' लगायत विषयमा रास्वपा नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र साहसँग चरणबद्ध छलफल जारी छ। माघ ५ गते सभापति रवि लामिछानेसहित हामी जनकपुर आउँदैछौं। देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेसबाट, निकास फागुन २१ को निर्वाचनबाट।’
सभापति लामिछानेले सार्वजनिक कार्यक्रमबाटै आगामी आर्थिक वर्षको बजेट लेख्न लगाएका वाग्लेलाई रास्वपाले सम्भावित अर्थमन्त्रीका रुपमा अघि सारेको छ।
त्यस्तै बालेन साहसँग एकता प्रक्रियामै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा सहमति गरिसकेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया