बिएल संवाददाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सबै निर्वाचन क्षेत्रमा कार्यालय खोलेर कर्मचारीहरू खटाउने तयारी गरिरहेको छ। त्यसका लागि आज देशैभरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना हुँदैछन्।
प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मनोनय दर्ता हुँदैछ। त्यसका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको पनि आयोगले जनाएको छ। त्यसअन्तर्गत आज सबै १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू खुल्नेछन् र कर्मचारीहरू पनि खटनपटन हुनेछ।
त्यसका लागि आयोगले यसअघि नै ७७ जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृतहरू धेरैजसो जिल्ला न्यायाधीशहरुलाई तोकिएको छ भने न्याय क्षेत्र तथा अन्य सरकारी कर्मचारीहरुलाई अधिकृतका रुपमा जिम्मेवारीमा खटाइएको छ।
निर्वाचन आउन अब ४८ दिनमात्रै बाँकी रहँदा दलहरू उम्मेदवार चयन र घोषणापत्र खेलनको आन्तरिक तयारीमा जुटिसकेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया