बिएल संवाददाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सबै निर्वाचन क्षेत्रमा कार्यालय खोलेर कर्मचारीहरू खटाउने तयारी गरिरहेको छ। त्यसका लागि आज देशैभरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना हुँदैछन्।
प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मनोनय दर्ता हुँदैछ। त्यसका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको पनि आयोगले जनाएको छ। त्यसअन्तर्गत आज सबै १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालयहरू खुल्नेछन् र कर्मचारीहरू पनि खटनपटन हुनेछ।
त्यसका लागि आयोगले यसअघि नै ७७ जिल्लाका लागि मुख्य निर्वाचन अधिकृत र ८८ जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृतहरू धेरैजसो जिल्ला न्यायाधीशहरुलाई तोकिएको छ भने न्याय क्षेत्र तथा अन्य सरकारी कर्मचारीहरुलाई अधिकृतका रुपमा जिम्मेवारीमा खटाइएको छ।
निर्वाचन आउन अब ४८ दिनमात्रै बाँकी रहँदा दलहरू उम्मेदवार चयन र घोषणापत्र खेलनको आन्तरिक तयारीमा जुटिसकेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया