बिएल संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा विशेष महाधिवेशन पक्षधरसँग निर्णायक वार्ता जारी रहेको देउवानिकट स्रोतले बताएको छ।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकताबारे कानुनविद्हरूसँग छलफल गर्ने भनेर महाधिवेशन स्थलबाट बाहिरिएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा देउवा निवास पुगेको खुलेको हो।
वार्ताका लागि नेता शेखर कोइराला पनि देउवा निवास पुगेका स्रोतले बतायो। चार नेताहरूबीच निर्णायक वार्ता भइरहेको हो। महाराजगञ्ज स्रोतका अनुसार देउवा राजीनामाका लागि तयार भएका छैनन्।
तर, उम्मेदवारी वितरणका लागि निर्वाचन आयोगमा बुझाएको हस्ताक्षर फिर्ता लिएर कार्यवाहक सभापतिको हस्ताक्षर पठाउन सकारात्मक देखिएका छन्। जसका लागि उम्मेदवारहरूको नाम आयोग पठाउनुपूर्व आफूले प्रमाणीकरण गर्न पाउनुपर्ने उनको सर्त रहेको स्रोतले बतायो छ।
तीनै पक्ष आफ्नो अडानबाट पछि हट्ने संकेत गरेपछि सहमतिको सम्भावना न्यून रहेको स्रोतले बतायो।
यता विशेष पक्षधरले भृकुटीमण्डपमा केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराइसकेको छ।
निर्वाचन आयोग स्रोतका अनुसार सभापतिमा गगन थापा, महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
स्रोतका अनुसार देउवा–शेखरसँग कुरा नमिले विशेष महाधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने तयारी गरिएको छ।
महाधिवेशन लम्बिँदै जाँदा प्रतिनिधिहरू यत्रतत्र हुन थालेकापछि निर्वाचनमा बहुमत प्रतिनिधि उपस्थित नभए महाधिवेशनले वैधानिकता नपाउँने हुँदा सर्वसम्मत निर्वाचित गर्ने तयारी गरिएको बुझिएको छ।
महामन्त्रीमा गुरु घिमिरेको पनि दाबी रहेकाले विश्वप्रकाश आफू पछि हट्न तयार रहेको स्रोतले बतायो। यद्यपि घिमिरेको उम्मेदवारीबारे आयोगले पुष्टि गरिसकेको छैन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया