बिएल संवाददाता
अमेरिकाले नेपाल, पाकिस्तान,अफगानिस्तान, म्यानमार, भुटान र बंगलादेशलगायत दक्षिण एशियाका कैयौ देशसहित विश्वका विभिन्न देशहरूका नागरिकका लागि भिसा प्रक्रिया रोक्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले अनिश्चितकालका लागि भन्दै सबै भिसा प्रक्रियाहरु बन्द गरेको हो।
ह्वाइट हाउसकी एकजना सञ्चार सचिव करोलिन लेबिटका अनुसार विदेश विभागले सबै कन्सुलर अधिकारीहरूलाई भिसा प्रक्रिया रद्द गर्न निर्देशन दिइसकेको छ।
यी देशका नागरिकहरूले अमेरिकामा रहँदा सार्वजनिक सहायताको दुरुपयोग गरेको भन्दै अमेरिकाले भिसा प्रक्रिया रोकेको हो।
‘अमेरिकी जनताको सम्पत्ति र अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्नेगरी ट्रम्प प्रशासनले ७५ देशका आप्रवासी भिसा प्रक्रिया रोकिएको छ। विदेश मन्त्रालयले विदेशी नागरिक प्रवेश रोक्नका लागि अध्यागमन प्रक्रियाको पुन: समीक्षा नभएसम्म यो आदेश जारी रहनेछ’ विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।
त्यस्तै ट्रम्प प्रशासनले गैरआप्रवासीहरुको भिसा र त्यसको प्रक्रियामा पनि कडा निगरानी र जाँच गर्न आदेश दिएको छ।
यी हुन् अमेरिकाले भिसा रोक्न निर्देशन गरेका ७५ देश
१. अफगानिस्तान
२. अल्बानिया
३. अल्जेरिया
४. एन्टिगुवा र बारबुडा
५. अर्मेनिया
६. अजरबैजान
७. बहामास
८. बंगलादेश
९. बार्बाडोस
१०. बेलारुस
११. बेलिज
१२. भुटान
१३. बोस्निया
१४. ब्राजिल
१५. बर्मा (म्यानमार)
१६. कम्बोडिया
१७. क्यामरुन
१८. केप भर्डे
१९. कोलम्बिया
२०. कंगो
२१. क्युबा
२२. डोमिनिका
२३. इजिप्ट
२४. एरिट्रिया
२५. इथियोपिया
२६. फिजी
२७. गाम्बिया
२८. जर्जिया
२९. घाना
३०. ग्रेनाडा
३१. ग्वाटेमाला
३२. गिनी
३३. हाइटी
३४. इरान
३५. इराक
३६. आइभोरी कोस्ट
३७. जमैका
३८. जोर्डन
३९. काजाकिस्तान
४०. कोसोभो
४१. कुवेत
४२. किर्गिस्तान
४३. लाओस
४४. लेबनान
४५. लाइबेरिया
४६. लिबिया
४७. म्यासेडोनिया
४८. मोल्डोभा
४९. मंगोलिया
५०. मोन्टेनेग्रो
५१. मोरक्को
५२. नेपाल
५३. निकारागुआ
५४. नाइजेरिया
५५. पाकिस्तान
५६. गणतन्त्र कंगो
५७. रुस
५८. रुवाण्डा
५९. सेन्ट किट्स र नेभिस
६०. सेन्ट लुसिया
६१. सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स
६२. सेनेगल
६३. सियरा लियोन
६४. सोमालिया
६५. दक्षिण सुडान
६६. सुडान
६७. सिरिया
६८. तान्जानिया
६९. थाइल्याण्ड
७०. टोगो
७१. ट्युनिसिया
७२. युगान्डा
७३. उरुग्वे
७४. उज्वेकिस्तान
७५. यमन
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया