बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस फुटाउन राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिएको दाबी गरेका छन्।
बिहीबार एक वक्तव्य जारी गर्दै उनले कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई रोक्न नसकेको स्वीकार गरे। पार्टी एकतावद्ध राख्ने भागिरथ प्रयास सफल हुन नसकेको उनको भनाइछ।
उनले भनेका छन्, ‘दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ । राजधानीमा षड्यन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ।’
त्यस्तै उनले देउवा नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्दै विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको गगन थापा नेतृत्वको कांग्रेसलाई देउवा समूहको कांग्रेसमा फर्किन आह्वान समेत गरेका छन्।
उनले भनेका छन्, ‘पार्टी भित्र गर्नुपर्ने सुधारका प्रकृया रोकिने छैनन्। म आह्वान गर्छू हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं। यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया