बिएल संवाददाता
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन्।
आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता शर्मा र पौडेलले मात्रै महामन्त्रीमा उम्मेदवारी दिएका निर्वाचन आयोग स्रोतले बतायो। महामन्त्रीमा विश्वले गुरु घिमिरेलाई अघि सारेको चर्चा चले पनि आयोगले पुष्टि गरिसकेको छैन।
त्यस्तै, कांग्रेस सभापति पदमा पनि महामन्त्री गगनकुमार थापाको मात्र उम्मेदवारी परेको छ।
निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा थापाबाहेक अरु कसैको उम्मेदवारी नपरेको हो। कसैको उम्मेदवारी नपरेपछि महामन्त्री थापा स्वतः सभापति निर्वाचित हुनेछन्। त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेल महामन्त्रीमा निर्विरोध निर्वाचित हुनेछन्।
यता संस्थापन पक्षसँग विशेष महाधिवेशन पक्षधर लगातार वार्तामा छ। बुधबार बिहान माहामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले देउवासँग निर्णायक वार्ता गरेका थिए। तर वार्ता निष्कर्षविहिन बनेको छ।
यतिबेला महामन्त्रीद्वय विशेष महाधिवेशनबाट निर्वाचिन हुने अन्तरिम कार्यसमितिको वैधानिकताबारे कानुनविद्हरूसँग परामर्शमा रहेको बुझिएको छ।
उम्मेदवार मनोनयनको समय सकिसकेकोले निर्वाचन आयोगले दिउँसो १ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ।
संस्थापनसँग कुरा नमिले विशेष महाधिवेशनले गगनको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति घोषणा गर्ने तयारी गरेको छ। विशेष महाधिवेशनले केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गर्ने तयारी गरेको छ।
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया