बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक देशको अस्तित्वमाथि नै संकट पैदा भएको चिन्ता व्यक्त गरेका छन्।
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शनिबार भिडियो सन्देश जारी गर्दै उनले हिजो देश नबनेको चिन्ता भए पनि आज देश नै नबँच्ने हो कि भन्ने निराशा पैदा भएको उल्लेख गरेका हुन्।
उनले नवयुवाहरूको भावना, चाहना र आवश्यकताकाे सम्बाेधन नगर्दा पैदा हुने असन्तोषले विद्रोहको रुप लिने बताएका छन्।
‘नेतृत्वले पटक–पटक युवाहरूलाई प्रयाेगमात्रै गर्ने तर उनीहरूकाे आवश्यकतालाई कहिल्यै सम्बाेधन नगर्दा देशमा जनधनकाे हानी भयाे,’ पूर्वराजाले भनेका छन्, ‘राष्ट्रिय सहमतिबिना निकास खाेज्नु समय खेर फाल्नुमात्रै हाे। समुन्नतीकाे यात्रामा सबै मिलेर अघि बढौं।’
पूर्वराजाले नारायणहिटी छोड्नु आफूहरूको कमजोरी नरहेको दाबी गर्दै दलहरूको चाहनाअनुसार जनताको नाशो जनतामै सुरक्षित छोडेर बाहिरिएको बताएका छन्।
‘दलहरूले देशमा शान्ति र विकास ल्याउँछौं भन्ने दलहरूकाे चाहनाअनुसार हामीले श्रीपेच र राजदण्ड जनताकै नाशाे जनतामै सुरक्षित छोडेर नारायणहिटी राजदरबारबाट बाहिरिएका हाैं,’ उनले भनेका छन्, ‘याे दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजाेरीकाे अनुमाेदन थिएन। न त याे भावना आम जनतामा नै थियाे। हामी नारायणहिटीबाट बाहिरिएकाे दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेकाे संकटले हामीलाई चिन्तित तुल्याएकाे छ।’
जनता र राजाले एकीकरण गरेर निर्माण गरेकाे नेपाल राष्ट्रकाे समग्र हितलाई आत्मसात गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबै जुट्न र नेपाल राष्ट्रलाई फेरि उठाउन उनले आह्वान गरेका छन्।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया