बिएल संवाददाता
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँगको एकता टुटेपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन्।
बैठकमा उनले हामी नेपालका अध्यक्ष सुदन गुरुङले उज्यालो नेपाल पार्टीलाई बर्बाद पारेको गुनासो गरेको बैठकमा सहभागी एक नेताले बताए।
‘पार्टीको बैठकबाट हात तानेर लिएर गयो। जबरजस्ती सहमति गर्न लगायो। बर्बादै बनायो नि, हेर्नुस् त अहिले ठूलो धोका खाइयो नि,’ कुलमानको भनाइ उद्यृत गर्दै ती नेताले भने।
बैठकमा ब्रिफिङ गर्दै कुलमानले रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन साहलाई पनि धोका दिने दाबी गरेका छन्। उनले सर्वस्व त्यारेर रास्वपामा समाहित हुन नसकिने भन्दै एकता भाँडिएपनि नेताहरूलाई उच्च मनोबलका साथ संगठन विस्तार र चुनावको तयारीमा लाग्न निर्देशन गरेका छन्।
राजनीतिक गतिविधिमा सहभागी भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा कुलमानले पदबाट राजीनामा दिएका थिए। यता रास्वपासँगको एकता पनि भंग भएपछि उनेपाले कुलमानलाई संरक्षकबाट अध्यक्षमा नियुक्त गरेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया