बिएल संवाददाता
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस कुनै पनि हालतमा नफुट्ने दाबी गर्दै ढुक्क भएर विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
दुई महामन्त्री गगन थापा र शर्माले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आह्वान गरेपछि अहिले नेपाली काँग्रेसभित्र विभाजन देखिएको छ। बिहीबार बसेको काँग्रेसको कार्यसम्पादन समितिको बैठकले औपचारिकरुपमै विशेष महाधिवेशनको आह्वानलाई खारेज गर्दै त्यसमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिइसकेको छ।
तर विशेष महाधिवेशन माग गर्नेहरूले त्यसका लागि पूर्ण तयारी गरिसकेका छन्। महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारी चलिरहेको छ भने जिल्ला जिल्लाबाट प्रतिनिधिहरू आउनसमेत सुरु गरिसकेका छन्।
यसबीचमा महामन्त्री शर्माले पनि पार्टी फुट्ने वा फुटाउने कुनै भ्रममा नपरेर ढुक्कसाथ विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।
‘पार्टी एकता जोगाउन विष पिउन तयार´… `विभाजन हुनलागे हलबाट बाहिरिने…’ हामीले यो भन्नूको अर्थ- हो बिशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न’ सामाजिक सञ्जालमा लेख्दै शर्माले भनेका छन् `फुट्ने´ भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रहl दोस्रो बिशेष महाधिवेशन `बदलिएको समयको काँग्रेसका लागि, बदल्नुपर्ने देशका लागि…।’
अर्का महामन्त्री गगन थापाले पनि विशेष महाधिवेशनको मागलाई पार्टी विभाजनसँग जोडेर फैलाइएको भ्रम गलत भएको बताएका छन्।
पार्टी विधानअनुसारको अधिकार प्रयोग गरेर महाधिवेशन माग्नु कांग्रेस कमजोर बनाउने होइन, बरु पार्टीलाई नागरिकसँग पुनः जोड्ने प्रयास भएको उनको भनाइ छ।
‘पार्टी फुट्छ भनेर साथीहरूलाई नआउनुस् भन्ने दबाब छ, निर्वाचन आउँदै छ भनेर डर देखाइँदै छ,’ उनले भने, ‘यो जिम्मेवार व्यवहार होइन। हामी कांग्रेस कमजोर बनाउन होइन, नागरिकसँग कांग्रेस जोड्न खोजिरहेका छौँ।’
थापाले नियमित महाधिवेशनको कार्यतालिका घोषणा भएपछि विशेष महाधिवेशन आवश्यक छैन भन्ने कार्यवाहक सभापतिद्वारा वाचन गरिएको प्रस्तावलाई विधानको अपव्याख्या गरिएको बताए।
‘विधानले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे विशेष महाधिवेशनको अधिकार दिएको छ,’ उनले भने, ‘यसलाई विभाजनतर्फ लैजान्छ भन्ने हौवा फैलाइएको छ, तर विधानको कार्यान्वयन विभाजन होइन।’
महामन्त्री थापाले विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरू पार्टीविरोधी नभई विधानले दिएको अधिकार प्रयोग गरिरहेका पार्टीका जिम्मेवार सदस्य भएको बताए।
‘पार्टी टुट्नु भनेको औपचारिक विभाजन होइन, कार्यकर्ताको मन टुट्नु हो,’ उनले भने, ‘संवाद गरेर, सुनेर अघि बढे पार्टी एकताबद्ध रहन्छ।’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया