बिएल संवाददाता
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठिन उच्चस्तरीय आयोगले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ‘प्रश्नात्मक’ पत्र काटेको छ।
आयोगले उनीहरूलाई बयानकै शैलीमा प्रश्नहरू पठाएको हो। त्यसका आधारमा उनीहरूले आयोगलाई लिखित जवाफ बुझाउने छन्।
जेनजी प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी भएको थियो। त्यही क्रममा आन्दोलनकारीले देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाइते देउवा दम्पत्तीलाई ढिला गरी सैनिक हेलिकोप्टरबाट उद्धार गरिएको थियो। करिब दुई सतासम्म सैनिक रेखदेखमै उपचारपछि उनीहरू थप उपचारका लागि सिङ्गापुरसमेत गएका थिए। त्यस्तै प्रचण्डको घरमा पनि आन्दोलनकारीले आगजनी गरेका थिए।
यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ। २३ गते साँझ नै राजीनामा बुझाएका लेखकसँग आयोगले दुई पटक बयान लिएपछि उनको स्थानहद फुकुवा गरेको छ।
यसैबीच आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि बयान लिनेगरी पत्र लेख्ने तयारी गरेको छ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जाँचबुझ आयोगका प्रमुख गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको बताए।
बयानमा बोलाउँदा नआए भने के गर्नुहुन्छ? भन्ने प्रश्नमा कार्कीले भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।’
ओलीले आयोगले बोलाउँदैमा बयान दिन नजाने भन्दै अडान लिइरहेका छन्। यसअघि नै एमालेले आयोगलाई मान्यता नदिने जनाइसकेको छ। उनी आयोगमा नजाने अडान लिएपछि पत्र लेखेरै भए पनि बयान लिने तयारी भएको हो।
आयोगको सिफारिसमा ओलीलाई पनि सरकारले स्थानहद तोकेको छ।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया