सोमबार, ०५ जनवरी २०२६

रुपन्देही–२ बाट विष्णु पौडेलको एकल नाम सिफारिस

News Image
• • •

नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई रूपन्देही क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस गरेको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार बसेको बैठकले उपाध्यक्ष पौडेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलले बताए।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एमालेले धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!