बिएल संवाददाता
प्रधानमन्त्री शुसीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन तोकिएको समयमै हुने दाबी गरेकी छिन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा सरकार पुगेको बताइन्।
उनले भनिन्, ‘फागुन २१ गते निर्वाचन गर्नेगरी यो सरकार गठन भएको सबैलाई जानकार नै छ। सरकार राजनीतिक दल तथा युवाहरूसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं।’
त्यस्तै उनले नेपालको राजनीतिक परिवर्तनले समयानुकुल आम नागरिकको जीविका सुधार र व्यवहार पनि न्यायपूर्ण गर्न नसक्दा त्यो निराशा र वितृष्णाको विष्फोटक जेनजी आन्दोलन बन्न पुगेको बताइन्।
आन्दोलनको क्रममा भएको मानवीय क्षतिको मूल्य एकीन गर्न नसकिने भन्दै उनले एउटा गहिरो पीडायुक्त घाउ बनेर सँधै रहिरहने धारणा राखिन्।
उनले भनिन्, ‘नेपालको राजनीतिक परिवर्तनले समानुकुल आम नागरिकको जीविका सुधार गर्न सकेन, रोजगारीको अवसर पर्याप्त भएनन्। हाम्रा आचरण र व्यवहारमा पनि न्यायपूर्ण हुन सकेन। नागरिकमा निराशा र वितृष्णाको तह विष्फोटक बन्न पुग्यो । भदौं २३ र २४ गतेको जेनजी आन्दोलन भयो। आन्दोलनको क्रममा भएको मानवीय क्षतिको न कहिल्यै पूर्ताल हुन सक्छ। न त त्यसको मूल्य नै यकीन गर्न सकिन्छ। यो एउटा गहिरो पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ।’
त्यस्तै प्रधानमन्त्री कार्कीले विभिन्न चुनौतीको सामना गर्दै निजी क्षेत्रले उच्च मनोबलकासाथ अगाडि बढेको भन्दै प्रशंसा समेत गरिन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया