बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछानेले फागुन २१ को चुनाव आउनु धेरै पहिलै नै एमाले अध्यक्ष के पी ओलीलाई पछाडि छोडेका छन् । ओलीले आफ्नो गृहजिल्ला झापाका ९ जना मात्र समानुपातिक सूचीमा चढाउँदा रविले भने २१ जनाको नाम समावेश गरेर यो विजय हासिल गरेका हुन् ।
रास्वपाको समानुपातिक सूचीले नै यो पार्टी रविको क्लव हो भन्ने पुन: पुष्टी भएको छ । रास्वपाको सूचीमा चढेका चितवनका नाम नै प्राथमिकताको शीर्ष स्थानमा रहेकाले रास्वपाबाट तिनै नामहरू मात्र निर्वाचित हुने सम्भावना बढी छ ।
समानुपातिक सूची बनाउनुघि आन्तरिक लोकतन्त्रको उन्नत अभ्यास प्राइमरी चुनाव गरिए पनि बढी मत पाउनेहरू सूचीमा नै अटाएनन् भने ज्यादै कम मत पाएकाहरू उम्मेद्वारी सूचीको शीर्ष स्थानमा चढाइए । यसलाई अन्तिम अवस्थामा पार्टी एकता गर्दा हतारमा भएको प्राविधिक समस्या भने पनि अवस्था त्यस्तो हैन । यदि त्यस्तो हुन्थ्यो भने रविका दाहिना हात विपीन आचार्य र देब्रे हात प्रतिभा रावल क्रमश: खस आर्य र महिला क्लस्टरको पहिलो वरियताक्रममा चढ्ने नै थिएनन् ।
रास्वपाका समानुपातिक सूचीमा पार्टी सभापति रवि लामिछानेको गृहजिल्ला चितवनका मात्र २१ जना समावेश गरिएका छन् । तर, उनले पोखरामा अनलाइन खबरका अमृत सुवेदीलाई अन्तर्वार्ता दिदै भने, ‘मैले चेक गरें, चितवनका ४ देखि ६ जना छन् ।‘
तर, यथार्थ रविले भनेजस्तो छैन, रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा २१ जना चितवनकै हुन् । उनीहरूको नाम डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासीलाक्पा शेर्पा, सुदेश गुरूङ, सचिन ढकाल, सुदीप ढकाल, अनुपकुमार उपाध्याय, गोविन्द नारायण, दुर्गा बहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुषाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डेय, सरला लामिछाने, ज्ञानु ढकाल र प्रभा पौडेल हो ।
चितवनको समानुपातिक सूचीको संख्या हेर्ने हो भने उनले के पी ओलीलाई पनि पछाडि छोडेका छन् । ओलीको गृहजिल्ला झापाबाट नौ जना मात्र उम्मेद्वार छन् । उनीहरूको नाम अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो हो । एमालेको सूचीमा ५६ जिल्लाको मात्र सहभागिता छ भने २१ जिल्ला प्रतिनिधित्वविहीन छन् ।
रविको खुबी भनेकै झुट बोलेर दिउँसै रात पार्न सक्नु हो । समानुपातिक सूचीमा चितवनको संख्यालाई लिएर पनि उनले सफेद झुट बोलेका छन् । यो त एउटा प्रतिनिधि झुट हो, फ्याक्ट चेक गर्ने हो भने उनले बोल्ने साँचो कुराभन्दा बढी त झुटो कुरा नै भेटिन्छन् ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया