सोमबार, २३ नोभेम्बर २०२६

आफ्नै पार्टीका सांसदसँग किन रिसाइन् आशिका?

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आफ्नै पार्टीका सांसदको रवाफप्रति असन्तुष्टि जनाएकी छन्।

सांसद तामाङले रास्वपाकै सांसद केपी खनालको फोन पीएले उठाएको र खनालले ह्वाट्सएपबाहेक अरूमा कल नउठाउने भनेपछि आशिकाले आपत्ति प्रकट गरेकी हुन्।

उनले पीएको जवाफले आफू छक्क परेको बताइन्। एउटा सांसदले आफ्ना कुरा राख्न नेट प्रयोग गर्नुपर्ने भएपछि झन् किप्याडवाला फोन बोक्ने सर्वसाधारण मतदाताले आफ्नो नेतासँग कसरी गुनासो गर्ने भन्दै आशिकाले प्रश्न गरेकी छन्।

आशिकाले भनेकी छन्, ‘मा. केपी खनाल भाइलाई एउटा जनमुद्धा लिएर फोन गरेको थिए, उहाँको स्वकीयले फोन उठाउनु भो, खै भाइ केपी खनाल भाइलाई फोन दिनुस् भनेको त ह्वाट्सएपमा कल गर्नुस् ह्वाट्सएप बाहेक अरुमा कल उठाउनु  हुन्न रे! म त तीन छक्क परें, अरे एउटा जनताबाट निर्वाचित सांसदले आफ्नो कुरा राख्न कम्युनिकेसन गर्न नेट चाहिँदो रहेछ भने जो सर्वसाधारण नागरिक जो टुकटुके मोबाइल चलाउनु हुन्छ ती गरिब निमुखाले आफ्नो नेतासम्म गुनासो गर्न कसरी नेट चलाउन सक्नुहुन्छ?’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!