बिएल संवाददाता
कर्णाली प्रदेशले जडीबुटीको संरक्षण, उत्पादन तथा प्रवर्द्धन क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सके संघीय सरकारले आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिएको छ।
बुधबार वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित स्वागत तथा अन्तर्क्रिया कार्यक्रममा सहभागिता जनाउँदै उक्त कुरा बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौलागाईंले कर्णाली प्रदेश प्राकृतिक स्रोत, जैविक विविधता तथा जडीबुटीको दृष्टिले अत्यन्तै सम्भावनायुक्त रहेको उल्लेख गरे। जडीबुटी क्षेत्रलाई व्यवस्थित, वैज्ञानिक र दिगो रूपमा विकास गर्न सके यसले प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र स्थानीय जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
कार्यक्रमका क्रममा मन्त्री चौलागाईंले प्रदेशका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूले उठाएका प्रश्नहरू सुन्दै तिनका जिज्ञासामा स्पष्ट जवाफ दिए।
उनले नीति निर्माण, कार्यक्रम कार्यान्वयन र संघ–प्रदेश सहकार्यका विषयमा कर्मचारीहरूलाई आवश्यक जानकारी गराउँदै संघीय सरकार प्रदेश सरकारसँग नजिकको सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया