बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री सुशीला कार्कीको निमन्त्रणामा बालुवाटार पुगेका छन्।
बिहीबार दिउँसो प्रधानमन्त्री निवासमा ओली र कार्कीबीच ३ घण्टा लामो वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले ओलीसँग निर्वाचनका विषयमा कुराकानी गरेको सचिवालयले बतायो। ओलीले चुनावी वातावरण नबनेको फेरि दोहोर्याएका थिए।
प्रधानमन्त्रीले चुनावी वातावरण बनिसकेको, ओलीमाथि लगाएको स्थानहद फुकुवा भइसकेको र जाँचबुझ आयोगले पनि सहजपूर्वक ओलीलाई विशेष सुविधा दिएर डेराबाटै बयान दिएको सम्झाइन्।
ओलीले चुनावी वातावरण बनेमा एमाले चुनावमा भाग लिन तयार रहेको बताएका प्रधानमन्त्रीको सचिवालयले जनायो।
चुनावको मिति नजिएसँगै जेनजी आन्दोलनको बलमा सत्ताच्यूत भएका ओलीको बालुवाटार ओहोरदोहोर बाक्लिएको छ। केही समयअघि पनि प्रधानमन्त्री कार्कीले ओलीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग सामूहिक छलफल गरिसकेकी छन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया