बिहिबार, ०८ जनवरी २०२६

जहरसिंह पौवामा बस दुर्घटना, उद्धार जारी

News Image
• • •

काठमाडौंको शंकरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवामा बस दुर्घटना भएको छ।

पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंह पौवा जाने बाटोमा बुधबार साँझ करिब ५ः४५ बजेतिर दुर्घटना भएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको छ।

घटनास्थलमा घाइतेहरूको उद्धारका लागि एम्बुलेन्सहरू पुगिसकेको र उनीहरूलाई विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

यतिबेला धमाधम उद्धारको काम जारी रहेकोले क्षतिको विस्तृत विवरण आइकेको छैन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!