बिएल संवाददाता
दुई महामन्त्रीले औपचारिक रुपमै विशेष महाधिवेशन आह्वान गरेपछि पार्टी विभाजन उम्मुख भएको भन्दै कांग्रेस नेता शेखर कोइराला सभापति शेरबहादुर देउवा भेट्न उनकै निवास पुगेका छन्।
बिहीबार बिहान देउवा निवास धुम्बाराही पुगेका शेखरले पार्टी फुटको संघारमा पुगेको भन्दै मध्यमार्गी बाटो अपनाएर दुवै पक्षको भावना समेट्न आग्रह गरेका हुन्।
नेता कोइराला अर्का नेता नेता डा. मिनेन्द्र रिजाललाई साथमा लिएर देउवा निवास पुगेका थिए।
कोइरालाको सचिवालयका अनुसार देउवासँग कोइरालाले कांग्रेस विभाजनको पीडा पहिले नै भोगिसकेको सम्झाउँदै फेरि त्यही अवस्थामा पुगे देश र पार्टीलाई ठूलो क्षति पुर्याउने ध्यानाकर्षण गराएका छन्।
यतिबेला संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वारपारको लडाइँ चलिरहेको छ। बुधबार राति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई विधि, विधान र राजनीतिक गतिशीलतामा फर्काउन भन्दै २७–२८ पुसमा विशेष महाधिवेशनको औपचारिक आह्वान गरिसकेका छन्।
संस्थापन पक्षले भने केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिमा मात्रै निहित रहेको भन्दै चेतावनी दिएको छ।
यस्तो अवस्थामा कांग्रेस फुटको नजिक पुगेको भन्दै नेता कोइराला सक्रिय भएका हुन्। उनी आजै दिउँसो फेरि आफू निकट पदाधिकारीसहित देउवा निवास जाने उनको सचिवालयले जानकारी गरायो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया