बिएल संवाददाता
नेपाली कांग्रेसले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्द सत्रबाट सोमबार उक्त कार्यविधि पारित गरिएको हो।
पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई वैधानिकता दिन र महाधिवेशन व्यवस्थित गर्न तयार पारिएको यो कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन र नयाँ नेतृत्व चयनको वैधानिक बाटो खुला गरेको छ।
विशेष महाधिवेशनले पारित गरेको कार्यविधिमा १५औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि पार्टी सञ्चालन गर्न नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने स्पष्ट व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले कांग्रेसको अन्तरिम केन्द्रीय कार्यसमिति चयन गर्ने भएको छ। जसमा कांग्रेसको चौधौं महाधिवेशनपश्चात गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिको समेत विघटन गरिने छ।
त्यसपछि विशेष केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ अनुसार संयोजकसहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने उल्लेख छ। जसले पुस २७ र २८ गतेको महाधिवेशन वैधानिक रहेको भनेर अनुमोदन गर्न सक्नेछ।
स्रोतका अनुसार विशेष महाधिवेशन पक्षधरले कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अन्तरिम सभापति बन्न आग्रह गरे पनि उनले अस्वीकार गरेपछि महाधिवेशनले गगन थापाको नेतृत्वमा अन्तरिम केन्द्रीय कार्यसमिति चयन गर्ने तयारी गरेको छ।
कांग्रेसको नियमित महाधिवेशन वैशाखमा तोकिएकोले अन्तरिम कार्यसमितिको म्याद नियमित महाधिवेशनसम्म रहनेछ। निममित महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया