बिएल संवाददाता
आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाबाट बालाराम थापालाई एकल उम्मेद्वार सिफारिस गरेको छ। जिल्ला कार्य समितिको पछिल्लो बैठकले प्रत्यक्षतर्फ थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।
सुनिलस्मृति गाउँपालिका घर भएका थापा पेशाले पूर्वाधार विज्ञ तथा युवा व्यवसायी हुन्। राजनीतिशास्त्र मा मास्टर्स गरेका थापाले एक दशकदेखि विपन्न समुदायलाई लक्षित गरेर सामाजिक सेवा गर्दै आएका छन्।
विगतमा रोल्पाबाट दर्जनौं नेताहरू राजकीय भूमिकामा पुगे पनि रोल्पाले विकासको आधारशिला भेटाउन नसकेको थापाको अनुभव छ। पुराना नेताहरू भाषणमा सिमित हुँदा जिल्लाले अपेक्षित फड्को मार्न नसकेको बताउने उनी विकासको लागि सर्वप्रथम जनताको आधारभुत पक्षमा सुधार गर्नुपर्ने विश्वास राख्छन्।
‘रोल्पाले जन्माएका नेता र उनीहरूकै नेतृत्वले हैन र देशलाई सिंगापुर र स्वीट्जरल्याण्डको सपना देखाएको!’, उनले भने, ‘उहाँहरूले बाँडेको सपनालाई अब जनताले पनि सपना नै ठानेर बिर्सन बाध्य भएका छन्, तर मेराे उपस्थित सपना देखाउन हैन, यर्थाथता सुधार्न हो।’
जिल्ला उपसभापति समेत रहेकाे र अपांग तथा दृष्टिविहिन नागरिकहरूको लागि आवास निर्माणमा उल्लेख्य भूमिका निभाउँदै आएका थापाले आगामी निर्वाचनमा जनतालाई आफ्नो विवेक प्रयोग गर्न पनि आग्रह गरेका छन्।
‘नेताहरूले जति ठूला गफ गरे मुलुकका अधिकांश इट्टाभट्टामा पुग्ने बालबालिका रोल्पाली सन्तान छन्, नामकाे स्वास्थ्य केन्द्र भए पनि राम्रो उपचार नहुँदा बुटवल र काठमाडौं झर्न बाध्य हुने पनि रोल्पाली नै हुन्’, उनले भने, ‘रोजगारी र राम्रो शिक्षा नहुँदा हाम्रा छोराछोरी विदेशिन बाध्य हुनुपरेको उदाहरण हाम्रै अघि छ, कम्तिमा यो सबै रोक्न, त्यसको आधार तयार पार्न यो पटक आफ्नो विवेक प्रयोग गर्नुहोला।’
स्मरण रहोस, विगतमा रोल्पाबाट तत्कालीन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन जित्दै आए पनि यसपाली भने रास्वपाको आक्रामक उपस्थितिले थापालाई पनि बलियो उम्मेद्वारको रुपमा हेरिएको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी)ले पनि चुनाव तालमेल गरेर नेत्रविक्रम चन्द विप्लवलाई अघि सार्ने तयारी गरेको बताइन्छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया