आइतबार, ११ जनवरी २०२६

‘कार्यकर्ताले नपत्याएका’ विपिनले समानुपातिकबाट फिर्ता लिए नाम

News Image
• • •

रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन्।

आफैंले बनाएको प्रावधानबाट आफैं समानुपातिकको पहिलो नम्बरमा सिफारिस भएपछि उनको चर्को आलोचना भएको थियो। प्राइमरी इलेक्सनमा पछाडि परेका विपिन आन्तरिक मुल्यांकनमा धरै मार्क हत्याएर खस आर्य क्लस्टरमा पहिलो नम्बरमा सिफारिस भएका थिए।

रास्वपा स्रोतका अनुसार उनले समानुपातिकमा बस्नेहरूको संख्या धेरै भएपछि आफू पार्टीका गतिविधिमा सक्रिय हुने भन्दै नाम फिर्ता लिएका हुन्।

निर्वाचन आयोगको निर्देशन अनुसार रास्वपाले समानुपातिक सुची अद्यावधिक गरी बुझाइसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!