आइतबार, ११ जनवरी २०२६

मुखमै आएको सांसद पद नछोड्ने मुडमा रिमा, रास्वपाले हटाएन नाम

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिक सूची अद्यावधिक गरेको छ।

उज्यालो नेपाल पार्टीसँग एकता भाँडिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले केहि विवादित नामहरू अद्यावधिक गरी आयोगमा गएको रास्वपा नेता गणेश पराजुलीले बताए।

जसमा उज्यालो नेपालको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा रहेका केही नामहरू भने यथावत राखिएको छ। उनेपाकी ‘पोस्टर गर्ल’ रिमा विश्वकर्माको नाम पनि सूचीमा यथावत राखिएको छ।

रास्वपा स्रोतका अनुसार रिमाकै सल्लाहबमोजिम नाम यथावत राखिएको छ। रास्वपामै रहने मनस्थितिमा पुगेपछि पार्टीले रिमालाई सम्भव भएसम्म महिलाबाट पदाधिकारीमा, नभए केन्द्रीय कमिटीमा समायोजन गर्ने तयारी गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!