सोमबार, १२ जनवरी २०२६

के देउवा ‘विशेष महाधिवेशन’मा जाँदैछन्? यस्तो छ सचिवालयको भनाई

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा जाने भनेर ‘भ्रम’ फैलाइएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ। देउवाका सहयोगी भानु देउवाले शेरबहादुर भृकुटीमण्डप वा ‘विशेष महाधिवेशन’का कुनै कार्यक्रमहरूमा जाने कुरामा सत्यता नभएको भन्दै भ्रमपूर्ण खबरहरू नपत्याउन भनेका हुन्।

विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जाल तथा समाचारहरूमा समेत देउवा आज हुने विशेष महाधिवेशनको बन्दशत्रमा जाने भन्दै भ्रम फैलाइको उनको भनाइ छ।

‘सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सुचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ’ सचिवालयले भनेकाे छ ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं।’

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन आइतबार भृकुटीमण्डपमा उद्घाटन भएको थियो। संस्थापन पक्षले अस्विकार गरे पनि देउवा पक्षकै २५ जना केन्द्रीय सदस्यहरू उक्त महाधिवेशनमा सहभागी भएका थिए र उनीहरूले महाधिवेशन प्रतिनिधिहरूलाई पनि सहभागी हुन आह्वान गरेका थिए।

उद्घाटनका बेला महामन्त्री थापा र शर्मा दुबैले देउवालगायत सबै शीर्ष नेताहरूलाई उक्त महाधिवेशनमा आएर स्वामित्व ग्रहण गर्न आग्रमसमेत गरेका थिए।

महाधिवेशनको उद्घाटनपछि आज बन्दशत्र सुरु हुँदैछ। आइतबार राति अबेरसम्म लगभग २६ भन्दा धेरै महाधिवेशन प्रतिनिधिहरू आइपुगेका छन्। राति आइपुगेका प्रतिनिधिहरूले आज बिहान ११ बजेसम्म पनि नाम दर्ता गर्नसक्ने व्यवस्था गरिएको छ। विशेष महाधिवेशन आयोजक पक्षले देश तथा विदेशबाटसमेत गरी लगभग ६० प्रतिशत प्रतिनिधिहरुले यसमा भाग लिने दाबी गरेका छन्।

आज हुने बन्दशत्रमा दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। कार्यविधि बनाएर सुरु हुने बन्दशत्रले निर्वाचन समिति पनि बनाउनेछ।

देशभरिबाट जम्मा भएका प्रतिनिधिहरूले पार्टीको नीति, नेतृत्व र विधानबारे ठोस निर्णय गर्नेछन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!