बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्रीद्वयले घोषणा गरेको विशेष महाधिवेशनको उद्घाटनपछि आफू पार्टी फुटको नरहेको बताएका छन्।
आइतबार दिउँसो एक भिडियो सन्देश जारी गर्दै नेता कोइरालाले आफू पार्टी एकताको पक्षमा आवाज उठाइरहेको बताए। उनले पार्टी विभाजन नहोस् भन्नेमा आफू सचेत रहेको जिकिर गरे।
उनले भने, ‘मेरो कतिपय शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थेँ। तर पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ। म यहाँ प्रस्ट भन्न चाहन्छु, मेरो निजी महत्त्वाकाङ्क्षा केही छैन। मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिले आकर्षित गरेन। यस्ता अवसरहरू आए तर मैले रुचि देखाइन। त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन।’
उनले आफ्नो परिवारबाट पाएको शिक्षालाई जीवन दर्शन बनाएको बताए। कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँ? के हामीसँग भरोसा र विश्वास गर्ने हाम्रा समर्थक, शुभचिन्तक साथीहरू र अन्तर्राष्ट्रिय समुदायको पनि हामी एकताबद्ध भएर अगाडि बढेको हेर्न नचाहेका होलान् र? सोचौँ हामी।’
विशेष महाधिवेशन उद्घाटन भइसक्दा पनि शेखरले अझै आफ्नो कित्ता क्लीयर गर्न सकेका छैनन्। कोइरालाले पार्टी फुटको त्रास देखाउँदै न विशेष महाधिवेशनको पक्षमा स्पष्ट खुलेका छन्। न विपक्षमा नै। उनीनिकट नेताहरूका अनुसार यतिबेला उनी महाधिवेशनको माहोल हेरेर निर्णय लिने मुडमा छन्। यद्यपि आफूनिकट नेताहरूलाई भने विशेष महाधिवेशनस्थलमा पठाइकेका छन्।
यता विशेष महाधिवेशनको पक्षमा स्पष्ट नखुलेका शेखरले महाधिवेशन प्रतिनिधिहरू पार्टीको धरोहर रहेको भन्दै विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौं आएको पनि भनेका छन्।
उनले भनेका छन्, ‘पार्टीको विधानको कार्यान्वयन गर्ने सङ्कल्प गर्दै हुनुहुन्छ। त्यस विषयमा समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ। यो कार्यका लागि मैले केही दिनदेखि भगीरथ प्रयास गरिरहेको छु। जबसम्म निकास निस्किँदैन तबसम्म म निरन्तर लागिरहने छु भन्ने प्रण पनि गर्दछु।’
प्रकाश र रिमा : दलितका नाममा नयाँ ‘तरमारा’
अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली
दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया