बिएल संवाददाता
कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरूलाई छलफलमा बोलाएका छन्।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यविधि पारित गरेपछि देउवाले आफूनिकट नेताहरूको आकस्मिक भेला बोलाएका हुन्।
महाराजगञ्ज स्रोतका अनुसार बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
विशेष महाधिवेशन पक्षधरलाई रोक्न अनेक प्रयत्न गरेको संस्थापनले आफ्नै गुटका नेताहरूलाई रोक्न नसकेपछि देउवा नैतिक संकटमा देखिएका छन्।
यता विशेष पक्षधरले करिब दुई तिहाइ महाधिवेशन प्रतिनिधिको समर्थन जुटाइसकेको छ।
१४ औं महाधिवेशनमा देउवा प्यानलबाट जितेका पुष्पा भुसाल, डिला संग्रौला, देवेन्द्रराज कँडेल, उदय शमशेर राणा, भरत शाहलगायतका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलिसकेका छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया