सोमबार, १२ जनवरी २०२६

कांग्रेसमा ‘देउवा ग्याङ’को ‘च्याप्टर क्लोज’, ६२ प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा

News Image
• • •

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

आइतबार उद्घाटन भएको विशेष महाधिवेशनमा साँझ ७ बजेसम्म ६२ प्रतिशत बढी प्रतिनिधिले गरेको आयोजकले जानकारी गराएको हो।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन संस्थापनले अस्वीकार गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि आह्वान गरेका थिए।

कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि छन्।

अहिले पनि प्रतिनिधिले नाम टिपाउने र कार्ड लिने क्रम जारी रहेको आयोजकले जनाएको छ। भोलि बन्दसत्र सुरु हुँदासम्म ७५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्ने आयोजकको दाबी छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!