सोमबार, १२ जनवरी २०२६

गगन–विश्वले बहुमत जुटाएपछि महाराजगञ्जमा देउवाले बोलाए आफूनिकट नेताहरूको आकस्मिक भेला

News Image
फाइल तस्बिर
• • •

महामन्त्रीद्वयले नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन गरेपछि सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूको भेला बोलाएका छन्।

महाराजगञ्जस्थित देउवा निवासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेता रमेश लेखक पनि देउवा निवास पुगिसकेका छन्। देउवानिकट स्रोतका अनुसार अरु नेताहरू पनि आउने क्रम जारी छ।

गगन–विश्वले आह्वान गरेको विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्। ६४ प्रतिशत प्रतिनिधिहरू सहभागी हुने आयोजकको दाबी छ।

विशेष महाधिवेशनले नयाँ नेतृत्व नै चयन गर्ने तयारी गरेपछि शेरबहादुर देउवाले आफूनिकट नेताहरूको आकस्मिक बैठक बोलाएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!