बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोही मालिक, कोही दास नभएकोले सबै बराबर रहेको बताएका छन्।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेस दास र लासहरूको पार्टी नभएको उद्घोष गरेका हुन्।
उनले भने, ‘पार्टीको सदस्यहरूले आफ्नो हकको दाबी गरेको हो यो। आजबाट कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो। त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन।’
गगनले थपे, ‘महाधिवेशनलाई तपाईंहरूले जहाँ लगेर टुङ्ग्याउनुहुन्छ त्यसमा केही पनि आपत्ति छैन। जति गर्नुभएको छ मेरो लागि ठूलो छ। तपाईंहरूको यो प्रयासले कांग्रेस दास र लासहरूको पार्टी होइन, जिउँदो मानिसहरूको पार्टी हो। कांग्रेसमा कुनै बा छैन बोल्दै गर्दा नबोल भन्ने। हामी सबै बराबर हौं।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया