आइतबार, ११ जनवरी २०२६

काँग्रेस विशेष महाधिवेशन: काठमाडौंका ६ ठाउँबाट जुलुस निस्किने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ। आइतबार काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन भई विशेष महाधिवेशनको सुरु हुन लागेको हो।

विशेष महाधिवेशन अन्तर्गत प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि सुरू हुनेछ। कार्यक्रमस्थल भृकुटीमण्डपको मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता गरिने छ भने नाम दर्ताको लागि परिचय खुल्ने कागजात, पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ लाग्ने छ।

विशेष महाधिवेशनका लागि सबै जिल्लाबाट पक्षधर प्रतिनिधि काठमाडौ आइसकेका छन् भने उनीहरुको लागि काठमाडौँका फरक फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ।

उद्घाटनअघि महाधिवेशन प्रतिनिधिहरूले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरिरहेका छन्।

गत असोज २९ गते ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। त्यसको अगुवाइ महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले गरेका थिए।

कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!