बिएल संवाददाता
श्रीमानको अगुवाइमा नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएपछि महामन्त्री गगन थापापत्नी अञ्जना केसीले फेसबुकमा ‘भावुक’ स्टाटस लेखेकी छन्।
उनले गगनलाई पार्टी रुपान्तरणका लागि लिएको जोखिम उच्च भएपनि एक्लो नभएको भन्दै अगाडि बढ्न हौसला प्रदान गरिन्।
काठमाडौंको भृकुटीमण्डपमा आइतबार विशेष महाधिवेशनको उद्घाटन सुरु भएको छ। यसअघि नियमित महाधिवेशनको पक्षमा देखिएका सभापति देउवानिकटकै नेताहरू विशेषको पक्षमा खुलेपछि विशेष महाधिवेशन पक्षधर हौसिएका छन्।
पार्टीका ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित माग गरिएको विशेष महाधिवेशनको समय गुजारेर संस्थापनले निष्क्रिय पार्न खोजेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए।
गगनकी श्रीमतीले श्रीमानलाई हौसला दिँदै भनेकी छन्, ‘मलाई थाहा छ जोखिम उच्च छ, र म तपाईंले लिइरहनुभएको जोखिमको परिमाण बुझ्छु। तर, कृपया यो बुझ्नुहोस् कि तपाईं एक्लो हुनुहुन्न। तपाईं भोलिको राम्रो नेपालको सपना देख्ने अनगिन्ती मानिसहरूको आशा र समर्थन आफूसँगै बोक्नुहुन्छ। तपाईंले आज देखाउनुभएको साहस, र मानिसहरूले तपाईंमाथि राखेको माया र विश्वास खेर जाने छैन। यो क्षणको महत्व छ। तपाईंको आवाजको महत्व छ। र परिवर्तनको लागि तपाईंको प्रतिबद्धता महत्वपूर्ण छ। म तपाईंमा गर्व गर्छु। तपाईंलाई माया गर्छु। अगाडि बढ्नुस्।’
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया