बिएल संवाददाता
श्रीमानको अगुवाइमा नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन भएपछि महामन्त्री गगन थापापत्नी अञ्जना केसीले फेसबुकमा ‘भावुक’ स्टाटस लेखेकी छन्।
उनले गगनलाई पार्टी रुपान्तरणका लागि लिएको जोखिम उच्च भएपनि एक्लो नभएको भन्दै अगाडि बढ्न हौसला प्रदान गरिन्।
काठमाडौंको भृकुटीमण्डपमा आइतबार विशेष महाधिवेशनको उद्घाटन सुरु भएको छ। यसअघि नियमित महाधिवेशनको पक्षमा देखिएका सभापति देउवानिकटकै नेताहरू विशेषको पक्षमा खुलेपछि विशेष महाधिवेशन पक्षधर हौसिएका छन्।
पार्टीका ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित माग गरिएको विशेष महाधिवेशनको समय गुजारेर संस्थापनले निष्क्रिय पार्न खोजेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए।
गगनकी श्रीमतीले श्रीमानलाई हौसला दिँदै भनेकी छन्, ‘मलाई थाहा छ जोखिम उच्च छ, र म तपाईंले लिइरहनुभएको जोखिमको परिमाण बुझ्छु। तर, कृपया यो बुझ्नुहोस् कि तपाईं एक्लो हुनुहुन्न। तपाईं भोलिको राम्रो नेपालको सपना देख्ने अनगिन्ती मानिसहरूको आशा र समर्थन आफूसँगै बोक्नुहुन्छ। तपाईंले आज देखाउनुभएको साहस, र मानिसहरूले तपाईंमाथि राखेको माया र विश्वास खेर जाने छैन। यो क्षणको महत्व छ। तपाईंको आवाजको महत्व छ। र परिवर्तनको लागि तपाईंको प्रतिबद्धता महत्वपूर्ण छ। म तपाईंमा गर्व गर्छु। तपाईंलाई माया गर्छु। अगाडि बढ्नुस्।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया