बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट युवा नेता विशाल अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्।
युवाहरूले रुचाएका नेता अधिकारीले उम्मेदवारी घोषणा गरेपछि क्षेत्र नम्बर २ का मतदाताहरू उत्साहित देखिएका छन्।
अधिकारी तिनै नेता हुन् जसले ०७९ को निर्वाचनमा एमाले महासचिव शंकर पोखरेललाई हराउन भुमिका मात्र खेलेनन्, रास्वपालाई राम्रो मत पनि दिलाए। रास्वपाको संगठन नै नभएको अवस्थामा एक्लै निर्वाचनमा होमिएर झण्डै १६ हजार मत पाएका अधिकारी यसपटक रास्वपालाई जित दिलाउने लक्ष्यसहित होमिएका छन्।
युवापुस्तासँग भिजेका, दाङको स्थानीय राजनीति राम्रोसँग बुझेका अधिकारीलाई युवाहरूको राम्रो समर्थन छ। पार्टीमा केन्द्रदेखि जिल्लासम्म कार्यकर्ता मिलाउने खुवी भएका अधिकारी रास्वपा दाङका कुशल संगठक मानिन्छन्।
समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने अधिकारीलाई रास्वपा दाङ–२ का कार्यकर्ताले रुचाइरहेका छन्। कार्यकर्ताकै आग्रहमा उनले फेरि उम्मेदवारी घोषणा गरेका हुन्।
अधिकारीलाई यसपटकको निर्वाचनमा रास्वपालाई जित दिलाउन सक्ने उम्मेदवारका रुपमा हेरिएको छ।
उम्मेदवारी घोषणा गर्दै अधिकारीले भनेका छन्–
दाङको कर्म र मर्म बोल्न
जेनजी आन्दोलनका एजेण्डा कार्यान्वयन गर्न,
पहिले भन्दा अझ परिपक्व, झनै सशक्त भएर,
दृढ इच्छाशक्ति सहित,
जनताको परिवर्तनको चाहाना पूरा गर्न,
१६००० परिवर्तनको मतको जगमा,
दाङ क्षेत्र नं. २ मा उम्मेदवारी आवेदन दिएको छु!
पुनः एकपटक सबैको साथ सहयोगको अपेक्षा गरेको छु।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया