आइतबार, १७ नोभेम्बर २०२४

नेकपा केन्द्रीय सदस्य चौधरी आजपामा प्रवेश

ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं उदयपुर जिल्ला अध्यक्ष रामकुमार चौधरीले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डसँग दुई वटा घर, २५ लाख नगद

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे चितवनमै दुई घर छन्। भरतपुर महाहनगरपालिकामा दुई ठाउँमा घर र जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

गृहमन्त्रीलाई आरजुको चुनौती- जे जे छ सबै फाइल खोलेर देखाउनू

टीकापुरको जग्गा आफूले किनेको भन्दै सबै कागजात हेर्न आग्रह गरिन्। 'जे जे छ सबै फाइल खोलेर देखाउनु। मैले टिकापुरमा ५० हजारमा किनेको हो। तपाईंहरू सबैले हेर्न सक्नुहुन्छ। सबै कागजात हेर्न सक्नुहुन्छ', उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा कांग्रेसकाे अवराेध, बैठक स्थगित

बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका हुन्। सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रमुख दलका मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

बिहन बसेको कार्यदलको बैठकमा पनि संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुट्न नसकेपछि संसदको बैठक प्रभावित हुने देखिएको छ। कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ: माधव नेपाल

‘प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ’, अध्यक्ष भने।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

जसपा आधिकारिकता विवाद: उपेन्द्रको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

यसअघि सो रिटमा गत बुधबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन्, सोही अवस्थामा राखी आगामी ८ गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची तय गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कार्यदलको बैठक आज बस्दै

सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज (मंगलबार) बस्ने भएको छ। बैठक आज बिहान ९ बजेदेखि कानून मन्त्रालयमा बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयम् आरोप लगाउनेले पूरा गर्नुपर्छ- झाँक्री

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गृहमन्त्रीलाई संसद अवहेलनामा कारवाही गर्न माग गर्दै धनराज गुरुङले पठाए सभामुखलाई पत्र

उनले भनेका छन्, ‘प्रतिनिधिसभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सोतर्फ समेत विचार गरि निजलाई संसदको अवहेलनामा कारवाही गर्न गम्भिर रुपले माग गर्दछु। साथै कुटनितिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्वन्धमा सम्मानीत सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसाथ संलग्न गरेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिन्छन्- भीम रावल

नेकपा (एमाले)का नेता एवम् पूर्वगृहमन्त्री डा.भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई राज्यका सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रचण्डलाई काँग्रेसकाे जवाफ- जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो, बिर्सिनुभो?

उनले भने, ‘तपाईंलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो? बिर्सिनुभो। हतियार उठाएर याे सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएकाे कसकाे नेतृत्वमा आउनुभयो, बिर्सिनुभो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभामुखको भूमिका सन्तोषजनक भएन: चित्रबहादुर केसी

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन्। प्रतिपक्षीले विरोध गरिहेको बेला संसद सञ्चालन गरेको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बैठकपछि छलफलमा जुटे विपक्षी दल

नेपाली कांग्रेससहित विपक्षी दलहरु छलफलमा जुटेका छन्। प्रतिनिधिसभाको बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरू छलफलमा जुटेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महामन्त्री शर्मा भन्छन्- संसदमा आज सभामुख देखिनँ

‘संसदमा आज ‘सभामुख’ देखिन! देखिरहेको छु- ‘रबर स्ट्याम्प’ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र’, उनले भनेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाैथाे पटक प्रचण्डलाई विश्वासको मत

सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १५७ सांसद मत परेकाे छ। विपक्षमा मत नै परे। १ जनाले मत दिएनन्। मतदानमा १५८ सांसदले भाग लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको आरोप– सरकार ढाल्न नसकेपछि काँग्रेस संसद अवरुद्धमा लाग्यो

‘यहाँ सरकार ढाल्न अनेक प्रयास भए। ती छर्लङ्ग भइसकेको छ’, उनले भने, ‘सरकार ढाल्ने प्रयास माकुराको जालो जस्तो च्यातिएपछि काँग्रेस संसद अवरुद्धमा लाग्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाैडिएर राेष्टममा पुगे प्रधानमन्त्री, काँग्रेसकाे नाराबाजीबीच सम्बाेधन (भिडियाे)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको आजको दाेस्राे बैठकमा पनि नाराबाजी गरेकाे छ।  प्रतिनिधिसभाको दाेस्राे बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरु आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित हुन्, संसदीय समिति गठन हुनुपर्छ: कांग्रेस

कांग्रेस सदंसदीय दलको साेमबार बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग पुनः गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं