आइतबार, १७ नोभेम्बर २०२४

गृहमन्त्रीसँग हाेइन, अबको हिसाब किताब प्रधानमन्त्रीसँगै लिन्छौँ: गगन थापा

उनले भने, 'कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नुपर्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नुपर्यो। हिसाब किताब लिन्छौँ र यही संसदमा लिन्छौँ। यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन, हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हाफ पाइन्ट लगाएर नागरिकलाई किन सिंहदरबार छिर्न दिइँदैन?

नेपाली काँग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले सिंहदरबारभित्र हाफ पाइन्ट वा चप्पल  लगाएर छिर्न किन पाइँदैन भन्दै प्रश्न गरेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सत्तारुढ दलहरूबीच परामर्श नगरेर बजेट ल्याइयो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेट सत्तारुढ दलहरूबीचमा परामर्श नगरेर ल्याएको बताएका छन्। शनिबार नयाँ बानेश्वरमा आयोजित संसदीय दलको बैठकमा उनले परामर्शविना बजेट आउँदा धेरै महत्वपूर्ण विषय छुटेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माधव नेपाललाई देउवा भेट्न पठाएर प्रचण्डले दिएको सन्देश

माधव नेपाल विपक्षी दलको बैठकबाट फर्किएलगत्तै उनका ‘सम्मानित’ नेता फेरि केही सांसदहरू लगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नका लागि बालुवाटार पुगेका थिए। त्यसपछि फेरि केही बेरमै प्रधानमन्त्री प्रचण्ड, प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालहरूले सिंहदरबारमा बैठक गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्ड, ओली र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता, के भयाे कुराकानी?

तीन नेताबीच शुक्रबार दिउँसाे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो। भेटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिक विषय, बजेटलगायतका विषयमा छलफल भएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डकाे ब्रिफिङ- वर्तमान समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ

वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले भने, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेशको नेतृत्व जनमतलाई

मधेश प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गर्ने भएको छ। सत्तारुढ दलहरूबीच बिहीबार भएको सहमतिमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ:  प्रधानमन्त्री

‘संस्कृतिको जग समाज हो, तसर्थ समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘जनताको जीवन पद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गणतन्त्रपछि मुलुकको विकासले गति लिएको छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र प्राप्तिपछिका अवधिमा मुलुकको समग्र विकासले गति लिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माधवजी यताउता जोडिनेजस्तो त देखिन्थ्याे तर यो समीकरणभन्दा बाहिर जानुहुन्न: प्रचण्ड

‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीचाहिँ यो समीकरणभन्दा बाहिर छैन र हुँदैन भन्ने कुरामा उहाँले क्लियर गर्नुभएको छ’, नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। प्रधानमन्त्री र नेता खनालबीच करिब एक घण्टाको छलफल पछिल्लो समसामयिक राजनीतिमा केन्द्रित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिलाहरु अग्रमोर्चामा छन्, त्यसैले कसैले हल्लाउन सक्दैन: ओली

‘तपाईंहरुको सक्रियता, वैचारिक स्पष्टता र दृढ अडानलाई म सलाम भन्न चाहान्छु। तपाईंहरुको यो यात्रा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति नबन्दासम्म निरन्तरता दिनुहोला। त्यसपछि एमालेलाई कसैले हल्लाउन सक्दैन र हामी नेपालको राष्ट्रिय स्वाभिमानको झण्डालाई माथि उठाएर समाजमा सुशासन दिँदै विकासलाई गति दिन सक्षम हुनेछौँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ, थापा र गुरुङ बने मन्त्री

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चको परमादेशमा सुरेन्द्रराज पाण्डे गण्डकीकाे मुख्यमन्त्री नियुक्त

गण्डकी प्रदेशकाे मुख्यमन्त्रीका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको गृह जिल्लामा एमाले अधिवेशन रोचक, सभामुखका भाइ र मुख्यमन्त्रीका ज्वाइँ पनि पराजित

२०७९ को स्थानीय तह निर्वाचनमा एमालेको पकड क्षेत्र मानिने यो क्षेत्रअन्तर्गतका पालिकाहरुमा नेतृत्व गुमाएको एमालेको यसपटकको अधिवेशनलाई पार्टीको आन्तरिक जीवन र बाह्य समुदायले समेत निक्कै महत्व र चासोसाथ हेरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको राष्ट्रिय महिला भेलाको आजदेखि

नेकपा (एमाले)ले आजदेखि ‘राष्ट्रिय महिला भेला’को आयोजना गर्दैछ। सो पार्टीका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नयाँ बजेटमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब

वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिनेछ। कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गरिनेछ। भेरी अस्पताललाई सिकलसेल एनिमिया उपचार केन्द्रको रूपमा विकास गरिनेछ।  नयाँ निर्माण हुने ट्रमा सेन्टरलाई नजिकका स्वास्थ्य संस्थासँगको समन्वयमा सञ्चालन गर्ने व्यवस्था गरिने विनियोजन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ६७ अर्ब

सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट आगामी आर्थिक वर्ष २०८१-८२ मा प्रदेश र स्थानीय तहका लागि रु पाँच खर्ब ६७ अर्ब बराबर बजेट छुट्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

व्यवस्थासँगै अवस्था बदलिन नसक्दा निराशा र आक्रोश बढेको छ: गगन थापा

‘आज १७औं गणतन्त्र! ब्यवस्था संगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ। दोष ब्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो। बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन्। आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ, थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौं’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकाएक फेरियाे काँग्रेसकाे बाेली, भन्याे- कार्यादेशमा व्यक्ति विशेषकाे नाम लेख्नु पर्दैन

‘सहकारीको रकम जहाँ–जहाँ गएको छ कानुनी हिसाबले हेर्ने, त्यसमा संलग्न मानिस जोसुकै भएपनि उसका बारेमा छलफल हुन सक्ने, छानबिन हुन सक्ने, अनुसन्धान हुन सक्ने सहमति भएकोले व्यक्ति विशेषको नाम लेखिरहन आवश्यक छैन भन्ने निष्कर्षमा हामी पुगेका छौँ’, लेखकले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं