आइतबार, १७ नोभेम्बर २०२४

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्नेछन्। राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल पनि जेनेभा गएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अखिल क्रान्तिकारी रुपान्तरण अभियानले तीव्रता लिँदै, उमेरहदको पक्षमा चर्को मत

पटकपटक बहुसंख्यक विध्यार्थीको आवाज हुँदाहुँदै पनि नेतृत्वले यस मुद्धालाई जालजेल पुर्ण रुपमा दबाउँदै आइरहेको अभियानका सक्रिय नेताहरुले ठम्याइ रहेको छ। तर यसपटक जुनसुकै मूल्य चुकएर पनि मुद्धा संस्थागत गर्ने उनीहरुकाे दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमणबारे संसद्लाई जानकारी गराउन एमालेकाे माग

उनले भने, ‘भारत भ्रमणमा केके भयो? नेपाल–भारतबीचको समस्याबारे केके ठोस कुरा भयो? यो संसद्को विशेषाधिकार हो। यो संसद्ले जानकारी पाउनुपर्छ। सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गण्डकीमा मन्त्रिपरिषद् विस्तार: ‘फ्लोर क्रस’ गर्ने देवकोटा र मनाङे बने मन्त्री

मंगलबार मुख्यमन्त्री पाण्डेले नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनाएका हुन्। देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीकाे महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि छलफल

पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै जिल्लामा दस्तावेजको मस्यौदा पठाएको थियो। राजनीतिक दस्तावेज, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक गरी चार दस्तावेजमा छलफल गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपति आज जेनेभा जेनेभा प्रस्थान गर्ने

राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन आज साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान संशोधन गर्नुपर्छ: नेता केसी

उनले भने, ‘संविधानमा देखिएको जटिलताका बीचमा जे जस्ता समस्या भोगेका छौँ। त्यसमा धेरै कुरा सुधार गर्न आवश्यक छ।’ अहिले जनमानसमा उठेका प्रश्नहरुको समाधानका लागि पनि संविधान संशोधन आवश्यक रहेको भनाइ राखे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गरे। प्रधानमन्त्री दाहालको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पटक-पटक सरकार फेरिने प्रवृत्तिले मुलुकको विकासमा समस्या भयाे: शेखर कोइराला

‘जहाँ राजनीतिक स्थिरता हुँदैन, त्यहाँ विकास पनि हुन सक्दैन, राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले सोच्नुपर्ने बेला आएको छ, अहिले राजनीतिक स्थायित्व छैन, आर्थिक विकास हुन सक्ने अवस्थामा छैन, सुशासन दिने अवस्था छैन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालय?

सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मवारी दिएका छन् भने वीरबहादुर थापा र हिरा सार्कीलाई विनाविभागीय मन्त्री बनाएका छन्। त्यस्तै माओवादी केन्द्रका ओमविक्रम भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अक्कल बहादुर रावल र लक्ष्मी विकलाई विनाविभागीय मन्त्रालयको जिम्मेवारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

‘फ्लोर क्रस’ गरेर पाण्डे नेतृत्वकाे सरकार जाेगाउने देवकोटा काे हुन्?

नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फडिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वकाे सरकार जाेगिएकाे छ। साेमबार प्रदेशसभामा भएकाे मत विभाजनका क्रममा देवकोटाले 'फ्लोर क्रस' गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि पाण्डे नेतृत्वकाे सरकार जाेगिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

महाधिवेशनमा देशभरका १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् भने एक लाख कार्यकर्ता पनि महाधिवेशनमा भाग लिने जसपा नेपालले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

प्रचण्ड र मोदीबीच भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिएका थिए। साथै उनको तेस्रो कार्यकालमा नेपाल र भारतबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिला स्वयम्सेवकसहितको राष्ट्रिय सञ्जाल गठनको तयारी भइरहेको छः ओली

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘राष्ट्रिय महिला भेलाः धन्यवाद तथा सम्मान कार्यक्रम’मा आज उनले महिला स्वयम्सेवकसहितको राष्ट्रिय सञ्जाल बनाउने तयारी भइरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाले असार ७ गते चियापान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन कति सहज?

मुख्यमन्त्रीका नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। तर अहिलेको प्रदेशसभाको अङ्कगणित हेर्दा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत पाउन सहज भने छैन। साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र सदस्य छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

जसपाकाे आधिकारिकता विवाद: उपेन्द्रको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘ओलीले पार्टी जोगाउन संसद र प्रधानमन्त्री जोगाउन पार्टी विभाजन गर्नुभयाे’

उनले भने, 'एकजना कम्युनिस्ट पार्टीका नेताले हिजो मात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन्। यो सामान्य कुरा होइन। कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन। उहाँले पार्टी जोगाउन संसद, प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं