आइतबार, १७ नोभेम्बर २०२४

आज चिनियाँ उपविदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउँदै

वादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ सोमबारदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन्। भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्दैछ। बैठकमा विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले लिने कार्यसूची छ भने विभिन्न खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लीलादेवी निमित्त मुख्य सचिवको जिम्मेवारीमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहेकी सचिव लीलादेवी गतडौला निमित्त मुख्य सचिवको जिम्मेवारी पाएकी छन्। प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उनीलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘जसले जैविक विविधता बचाएको छ, उसलाई दिनदहाडै गोली हानेर हत्या गरियो’

पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागी एक जनाको मृत्यु भएको घटना संसदमा प्रवेश गरेको छ। जेठ ७ गते पर्सा राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको सेनाको टोलीले हानेको गोली लागेर हेटौँडा उपमहानगर वडा नं १४ का  ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूचीमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिमा बढेको आपराधीकरणले समस्या : डा.कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिमा आपराधीकरण बढ्दै गएको धारणा व्यक्त गरेका छन्। नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उनले राजनीतिमा आपराधीकरणले जरो गाड्न थालेकाले त्यसलाई रोक्न दलहरूले सोच्नुपर्ने बेला आएको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संसद्‍मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउँछौँः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताएका छन्। उनले संसद्मा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताए। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रामेछाप काँग्रेस झडप प्रकरण: ३ जना पक्राउ, कहाँ पुग्यो अनुसन्धान?

रामेछाप काँग्रेसभित्र एक महिनाअघि भएको झडप प्रकरणमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीर बहादुर तामाङ, जित बहादुरमगर र चन्द्र थापा मगर रहेका छन्। उनीहरू सबै काँग्रेसका नेताहरू हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सत्ता समीकरणमा कुनै असमझदारी छैनः प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका छन्। शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हामीसँग जादुवाला नम्बर छ, पूरै कार्यकाल मै प्रधानमन्त्री हुन्छ: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पूरै कार्यकाल प्रधानमन्त्री रहने बताएका छन्। शनिबार काठमाडौँमा माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार ढल्छ कि भनेर चिन्ता नगर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जादै

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका छन्। एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग) को परराष्ट्र मन्त्रीस्तरीय १९औँ बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चाइना जाँदै एमालेकाे जम्बाे टाेली

टोलीमा सहभागी एक सदस्यका अनुसार अबको तीन/चार दिनभित्र रिमाल नेतृत्वको यो टोली बेइजिङ्ग प्रस्थान गर्दा चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा गत वर्ष महासचिव शंकर पोखरेलले यस्तै टोलीलाई लिएर गएका थिए। यसपटक भने उपमहासचिवको नेतृत्वमा जान लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौँ: रवि लामिछाने

‘सम्झ्नुस् त, देश तथा विदेशका  टोल टोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवजलाई ‘घण्टी’ मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ २१ सांसदले एक वर्षमा सिङ्गो  सदनको ध्यान तान्यौँ, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौँ’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले आज दोस्रो स्थापना दिवस मनाउँदै

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजदूतकाे भागबन्डा मिल्याेः आजै नियुक्तिको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको रास्वपाका महामन्त्री मुकुल ढकालले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ। सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठकमा बोलाइएको हो। त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजदूतमा भागबन्डा टुंगियो, एमालेलाई ८, रास्वपालाई २, माओवादीलाई १

बिहीबार साँझ सिंहदरबारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेबीचको छलफलले खाली रहेका ११ देशको राजदूतमा भागबन्डा टुंग्याएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसदमा आफू बाेल्ने क्रममा सबै सांसद र मन्त्रीहरु उपस्थित नभएकाेमा प्रधानमन्त्रीको असन्तुष्टि

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाद दिएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने समयमा सत्ता पक्ष तथा प्रतिपक्षका सबै सांसदहरु उपस्थित रहने संसदीय परम्परा रहेको उल्लेख गर्दै त्यो परम्परा विस्तारै कम हुँदै गएको र यसले आफैँलाई अपमान गर्दै लगेको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर

बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रमको कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं