आइतबार, १७ नोभेम्बर २०२४

संसदकाे गतिरोध अन्त्यका लागि बानेश्वरमा प्रतिपक्ष दलबीच छलफल

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसदमा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको अवरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्ड र सभामुखको बेग्लाबेग्लै परामर्श

प्रधानमन्त्री दाहालले सिंहदरबारमा सत्तामा रहेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई अहिले छलफलमा बोलाएका हुन्। छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैगरी सभालाई नियमित सञ्चालन गरी कार्यसूचीमा प्रवेश गराउन अभिभावकका हैसियतले सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षका नेता र सचेतकसँग पटकपटक छलफल गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ

कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मेरो पुस्ता वाक्क-दिक्क भइसक्यो यो घृणित क्रियाकलापबाट’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले संसदकाे पछिल्लाे गतिविधिबाट आफ्नाे पुस्ता वाक्क-दिक्क भएकाे टिप्पणी गरेकी छन्। मन्त्री श्रेष्ठले एक्समार्फत यस्ताे टिप्पणी गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अब संसदीय समिति बन्दैनः रास्वपा 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबन्ने बताएको छ। संसद बैठकपछि रास्वपाका सांसद मनिस झाले पत्रकारसँग कुराकानी गर्दै काँग्रेसले देखाएको व्यवहारकै कारण अब संसदीय समिति नबन्ने बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संसदीय समिति बनाउने विषयमा जुटेन सहमति भएन, कांग्रेसले अवरोध जारी राख्ने

सहकारी हिनामिना प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखे पनि कांग्रेसले अस्वीकार गरेको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनयुद्धलाई अवमूल्यन गरेको भन्दै वयकले छाडे वैद्य नेतृत्वकाे पार्टी

उनले एक वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीको नामको समूहले सार्वभौम सिद्धान्त माओवादलाई विवादमा तानेको, महान जनयुद्धलाई भ्रष्टिकरण गरेको, महान जनयुद्धको प्रतिकार समितिमा रहेका जनयुद्ध विरोधी तत्वहरुलाई घुसपैठ गराएकोले पार्टी छाडेकाे उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेकपा एसको १८ बुँदे प्रस्ताव- गृहमन्त्रीमाथि छानबिन समिति गठनदेखि विपिन जोशीलाई फिर्ता ल्याउनेसम्म

‘इजरायलमा अध्ययन गर्न गएका नेपालका विपिन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने कुरा सार्वजनिक भएको छ। यो बैठक उहाँलाई सकुसल मुक्तगर्न सम्बन्धित अधिकारीहरू समक्ष अपिल गर्दछ र निजलाई सकुसल नेपाल फिर्ता ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ’,पार्टीकाे प्रस्तावमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजाको धम्कीसँग नडराएको कांग्रेस कुनै राजनीतिक दलको धम्कीसँग डराउँदैन’

‘कसैले पानी, मकै, चियाे बेचेर सहकारीमा राखेको पैसा हिनामिना हुँदाखेरि जनता सडकमा आए, हामीहरूले संसदमा ती कुरालाई स्पष्ट राखिदिएका हाैँ’, उनले भने, ‘कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा पनि हामी डराउँदैनौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले गृहमन्त्रीलाई संसदमा बोल्न दिने

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बाेल्न दिने निर्णय गरेकाे हाे। कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद बैठक अवरोध गर्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बैठक ४ बजेका लागि सर्‍यो

सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध

मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेशसभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

नेकपा एसको महाधिवेशनमा साझा दस्तावेज पेस हुने

पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउन सिफारिस गरेको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कांग्रेसले बिना प्रमाण कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुँदैन’

उनले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताए। ‘आरोपित व्यक्ति पहिले संसद्मा बोल्न पाउनुपर्छ, कांग्रेसले बोल्न पाउने अनि अन्यले नपाउने भन्ने हुन्छ? उसले बोलेको हामीले मात्रै सुन्नपर्ने? यस्तो संसदीय अभ्यास हुँदैन’,अध्यक्ष ओलीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले संसदीय दलको बैठक जारी, नीति तथा कार्यक्रम र सदनको अवरोधबारे छलफल

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकको सुरुआतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम, सदनमा जारी प्रतिपक्षको अवरोध र समसामयिक विषयमा मन्तव्य दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा आधिकारिकता विवाद: उपेन्द्र यादवकाे रिट शर्माको इजलासमा

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्वाचन आयोगकाे निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेकाे रिटमा आज पेशी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीकाे बैठक: महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल

राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन्। देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीति तथा कार्यक्रम उत्साहप्रद: एमाले

संसद्को आजको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो दलका प्रमुख सचेतक महेश बर्ताैलाले नीति तथा कार्यक्रम समग्रमा उत्साहप्रद रहेको र कतिपय राम्रा कार्यक्रम उल्लेख भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं