आइतबार, १७ नोभेम्बर २०२४

संसदमा कांग्रेस संसदीय दलको बैठक, गृहमन्त्री लामिछानेले लगाएका आरोपबारे छलफल

बैठकमा आजै लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ। त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले विश्वासकाे मत लिनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्वासकाे मत लिँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज (साेमबार) विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘ब्याड लक रवि दाइ!’ तपाईंको भाग्य नै त्यस्तै छ…

यसबाट उनी डराउने छैनन्। अरुजस्तो मिडिया ट्रयालमा पनि उत्रिने छैनन्। किनकि उनी ‘मिडिया मिलाउन’ आएका होइनन्। बरु मिडियाकर्म छोडेर अनि भुँइबाट पछारिँदै उठेर फेरि राजनीतिको पछिल्लो बेञ्चबाट अघिल्लो बेञ्चमा आएका एक माहिर राजनीतिक खेलाडी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छानबिन समिति बनाउँदैमा सरकार ढल्दैनः सापकोटा

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउँदैमा सरकार नढल्ने बताएका छन्। संसद बैठकबाट बाहिरिदै सञ्चारकर्मीसँगको प्रतिकृयामा उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मिडियाप्रति फेरि आक्रामक रवि: म मिडिया मिलाउन आएको होइन

‘मलाई मेरै नजिकका साथीहरूले भनिरहनुभएको छ मिडिया मिलाउनुस् भनेर’ उनले भने ‘तर म मिडिया मिलाउन राजनीतिमा आएको होइन। म नियम, कानुन मिलाउन आएको हुँ। बालुटार, बालमन्दिरको मुद्दाहरू मिलाउन आएको हुँ। तर मिडिया मिलाउन होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

लामिछानेले आफूले अहिले गोर्खा मिडिया छोडिसकेको र कम्पनी छोडिसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू सो दायित्व बेहोर्न तयार रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हामी सरकारमा छौँ तर सत्ता त अर्कैले चलाइरहेको रहेछ: गृहमन्त्री लामिछाने

‘सहरकारीको पैसा अपचलन फौजदारी कानुन आकर्षित हुने मुद्दा हो। प्रचलित कानुनको अधीनमा रही अनुसन्धानको लागि म तयार रहेको अवस्थामा छु’, उनले भने, ‘फौजदारी मुद्दाको छानिबिन र अनुसन्धान संसदीय समितिले प्रतिस्थापन गर्न सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री बन्ने अफर अस्वीकार गरेपछि काँग्रेसले संसद अवरुद्ध गर्‍यो: गृहमन्त्री

‘गृहमन्त्रीलाई अस्वीकृत हुने मान्छेलाई प्रधानमन्त्रीका रुपमा भने स्वीकार्य हुने?’, आइतबार संसदको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई त्यो अफर गर्नेहरू यही संसदमा हुनुहुन्छ। मलाई राजनीतिको गोपनियता थाहा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सतर्कता केन्द्रद्वारा ४ मन्त्रालयमा अनुगमन: १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

शिक्षा, विज्ञान तथा प्रविधि, गृह, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका कर्मचारीले समय पालना गरे/नगरेको, तोकिएका पोसाक लगाए÷नलगाएको लगायत विषयमा अनुगमन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारबाही गरेको जानकारी

जसपा नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रञ्जकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशीला श्रेष्ठलाई कारबाही गरेको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नयाँ दल बनाएका ७ सांसदलाई कारवाही गरेको जानकारी उपेन्द्रले दिए सभामुखलाई

जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रन्जु कुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशिला श्रेष्ठलाई कारवाही गरेको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसका कारण संसद बैठक प्रभावित, राष्ट्रियसभा भोलिसम्मका लागि स्थगित

आइतबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक कारणबस बस्न नसकेपछि सवा ३ बजेसम्म सारिएको थियो। सवा ३ बजे पनि बैठक बस्न सकेन। त्यसपछि भोलि सोमबार सवा १ बजेसम्मका लागि स्थगित गरिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले विश्वासको मत लिने कार्य तत्काल रोक्न माग गर्दै उपेन्द्रले दिए सर्वोच्च रिट

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले साेमबार संसदमा विश्वासको मत लिने कार्य तत्काल रोक्न माग गर्दै  आइतबार सर्वोच्च रिट दायर गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय छानबिन समिति बनाउनेबारे सहमति जुट्न सकेन, २० मिनेट समय मागेर बाहिरियाे काँग्रेस

उनकाअनुसार अधिकांश विषयहरु सहमति नजिक पुगे पनि एक/दुइटा विषयमा सहमति जुट्न सकेकाे छैन। ‘अहिलेकाे बैठकमा पनि सहमति जुट्न सकेन’, बर्ताैलाले भने, ‘नेपाली काँग्रेसका साथीहरु २० समय मागेर सल्लाह गर्न बाहिर निस्क्नुभयाे।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले बाेलायाे केन्द्रीय समितिको बैठक

उनका अनुसार समसामयिक परिस्थितिबारे छलफल गरिनेछ। बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनुका साथै सङ्गठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिओआरमा सहमति नभएसम्म संसद सञ्चालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

विपक्षी दलहरुले संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) मा सहमति नभएसम्म संसद बैठक सञ्चालन नगर्न सभामुखलाई आग्रह गरेका छन्। सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेससहित विपक्षी दलहरु छलफलमा

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्ष बानेश्वरमा विपक्षी दलहरूले छलफल थालेका हुन् ।  आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल भइरहेकाे बताइएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं