आइतबार, १७ नोभेम्बर २०२४

दाैडिएर राेष्टममा पुगे प्रधानमन्त्री, काँग्रेसकाे नाराबाजीबीच सम्बाेधन (भिडियाे)

News Image
• • •

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको आजको दाेस्राे बैठकमा पनि नाराबाजी गरेकाे छ। 

प्रतिनिधिसभाको दाेस्राे बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरु आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गरिरहेका छन्।

बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरिरहेका छन्।

कांग्रेसकाे नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरेका छन्।

कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठकअवरुद्ध गर्दै आएको छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?