आइतबार, १७ नोभेम्बर २०२४

टेरामक्स खरिदबारे अनुसन्धान थाल्न लेखा समितिको निर्देशन

समितिले टेरामक्स प्रणाली खरिदबारे नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरूसँग छलफल गरेको थियो। समितिको बैठकको निष्कर्ष सुनाउँदै समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्दै हालसम्म सम्पादित कार्यहरूको सूक्ष्म विश्लेषण तथा अनुसन्धान गर्दा यो प्रक्रियामा सैद्धान्तिक, नीतिगत र सर्वोच्च अदालतको परमादेश समेत उल्लंघन भएको समितिको ठहर रहेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लामिछानेविरुद्ध मुद्दा ‘हेर्दाहेर्दै’ मा बिहीबार

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो। सोमबार र मङ्गलबार सार्वजनिक बिदा अदालतमा बन्द भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्छ: राष्ट्रपति पौडेल

उनले भने, ‘विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

४५ प्रतिशत पुरस्कारको सूची सार्वजनिक गर्न माग गर्दै आजपाद्वारा भन्सार विभाग घेराउ

‘पुरस्कारको रकम कति कसको नाममा कहिले गएको हो? यो आम जनताले जान्न जरुरी छ। यो ४५ प्रतिशत पुरस्कारको व्यवस्था खुलेआम लुट हो, किनकी यो पैसा गुपचुप सिधै मन्त्रीको खातामा पुग्छ। यसलाई रोक्न सर्वप्रथम हाम्रो माग सम्बोधन गर्नुपर्छ’, उपाध्यक्ष थापाले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुवातास खेलिरहेका १० जना पक्राउ

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई रु ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टेरामक्स खरिद प्रक्रियाकाे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिकाे निर्देशन

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले टेरामक्स खरिदमा हालसम्म भएका कामको सुक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हाे। साथै समितिले टेरामक्ससम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई याथस्थितिमा राख्नसमेत निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बूढीगण्डकी आयोजना निर्माण गर्न आर्थिक अभाव हुँदैन: प्रधानमन्त्री प्रचण्ड

‘बूढीगण्डकी आयोजना के होला? कसो होला? भन्ने भइरहेको थियो’, प्रधानमन्त्री दाहालले भने, ‘केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

राष्ट्रपति पौडेलले गरे शालिग्राम सङ्ग्रहालयको अवलोकन

सङ्ग्रहालय अवलोकनपछि राष्ट्रपति पौडेलले विष्णु भगवानको प्रत्यक्ष अवतार शालिग्रामको सङ्ग्रह गरेकामा धन्यवाद दिए। बाग्लुङसँगको आफ्नो सम्बन्ध निकट रहेको उनले उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

नारायणीमा भेटियो डल्फिन

गएको वर्ष पनि गोलाघाटमा डल्फिन देखिएको थियो। गोलाघाटबाट र्‍याफ्टिङमा दुई घण्टा दूरी पार गरेपछि  देखिएको डल्फिन नयाँ हो वा गत वर्ष देखिएकै डल्फिन फरक ठाउँमा देखिएको हो भन्नेबारे यकिन नभएको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

यस्ताे छ आजकाे मौसम

उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अहिले काठमाडौँमा वायुको तापक्रम ११ डिग्री सेन्टिग्रेड रहेको र पारदर्शिता (भिजिबिलिटी) चार हजार पाँच सय मिटर रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्येष्ठ नागरिकसँग जोडिएका विषयलाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले ज्येष्ठ नागरिकको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्चिततासँग जोडिएका विषयलाई  राज्यले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरिरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेनाको हेलिकप्टरबाट बाग्लुङ पुगे राष्ट्रपति पौडेल

मन्दिरको दर्शनलगत्तै बाग्लुङ नगरपालिका–४ कुँडुलेस्थित सालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बाग्लुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बाग्लुङ

रुकुम (पश्चिम)काे त्रिवेणी गाउँपालिकाले अदुवा बेचेर ६ कराेड कमायाे

पालिकाभर २ हजार ६ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम (पश्चिम)

जनशक्ति नहुँदा सञ्चालनमा आएन आइसियु

गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन। आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तम्घास

दलित समुदायले विभेदको क्षतिपूर्ति पाउनैपर्छ: प्रधानमन्त्री प्रचण्ड 

‘युगौँदेखि जातीय छुवाछुत र आत्मसम्मानको पीडा खेपिरहेका दलित समुदायको समस्या उस्तै छ। लोकतन्त्र स्थापना भएपछि पनि अपेक्षित सुधार हुन सकेको छैन’, उनले भने, ‘इतिहासदेखि नै हुँदै आएको विभेदको परिपूर्ण र क्षतिपूर्ति दिन राज्यले कञ्जुस्याइँ गर्नुहुँदैन। सामाजिक न्यायको संविधानको प्रस्तावनाको पहिलो शर्त हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२८ दिनभित्रै काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने प्रधानमन्त्रीकाे घोषणा

‘मेलम्चीको पानी काठमाडौँवासीले उपभोग गर्ने सपना अधुरै भएको छ’, उनले भने, ‘१७ करोड लिटर पानी सुन्दरीजलमा पुर्‍याउने काम २८ दिनमा हुनेछ। खानेपानी वितरणको संचरनागत परिवर्तन गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संकटकाल लगाएरै भए पनि पूर्वाधार निर्माणका काम हुनेछन्: प्रधानमन्त्री

‘अब सरकारको कार्यशैली बदलिने छ। केही महत्वपूर्णबाहेक म अरु बाहिरका कार्यक्रममा जाने छैन। सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थान बिन्दू हुनेछ’, राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘पूर्वाधार विकासमा जताततै समस्या देखिएका छन्। रुख कटान, जग्गा प्राप्तिमा समस्या छन्। एउटा एउटा कामलाई बेग्लाबेग्लै डालोमा राख्नूभन्दा सबै सरोकारलाई राखेर पूर्णता दिन लाग्नेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुतियाकवरवासीको पीडा : तटबन्ध नबने बस्ती जोगबुढा नदीमा समाहित हुने

कञ्चनपुरको दोधाराचादँनी नगरपालिका–१० सीमा बस्ती कुतियाकवरमा तटबन्ध निर्माणमा ढिलाइ भएको छ। तटबन्ध निर्माण गर्न ठेक्का लिएको निर्माण कम्पनीले बेवास्ता गर्दैआएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर (कञ्चनपुर)

सप्तकोशीमा श्रीलङ्का टापु जोड्ने झोलुङ्गे पुल बन्ने

झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौँले डिपिआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिए। सबइन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी