शनिबार, १६ नोभेम्बर २०२४

आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्री गर्दै

गएको असोज १७मा भएको त्रिपक्षीय सम्झौताअनुसार शुक्रबार सरकारले ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको हो। सम्झौताअनुसार भारत हुँदै बिजुली बंगलादेशमा पठाउन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दार्चुला जिप दुर्घटनामा मृत्यु हुनेकाे ८ पुग्याे

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार ६ जनाकाे दुर्घटनास्थलमै मृत्यु भएकाे थियाे। भने, २ जनाकाे उपचारका क्रममा मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरुवा भएका कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन

सरुवा, पदस्थापना र काज फिर्ताबारे मन्त्रालयले गरेको निर्णयको अवज्ञा गरी सम्बन्धित कार्यालयमा हाजिर नगर्ने कर्मचारी र रमाना नदिने कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले कडा निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दार्चुलामा जीप दुर्घटना, ६ जनाको मृत्यु

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान शैल्यशिखर नगरपालिका–५को सिराडको खोलामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मुत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

देशभरिकाे माैसम सफा रहने

देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकार निरंकुशतातिर जाने खतरा छ: डा.शेखर कोइराला

बिहीबार मिडिया लयर्स एसोसिएसनले आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक २०८१’ माथिको छलफलमा सहभागि हुँदै नेता कोइरालाले नेपालका अधिकांश कानूनहरु पुनः लेखन गर्नुपर्ने पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कार्यान्वयनको १० वर्षपछि संविधानमाथि  समीक्षा हुन्छ: प्रधानमन्त्री (भिडियाे)

कान्तिपुर कन्क्लेभ- २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताका मुल मर्ममा तलमाथि नहुने पनि स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँमा एकै परिवारका ३ जना मृत फेला

काठमाडौँको गोकर्णेश्वर नगरपालिका ३ मा एकै परिवारका ३ जना मृत फेला परेका छन्। बिहीबार साँझ उनीहरू मृत फेला परेकाे जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शुक्रबार नेपालको विद्युत बंगलादेश निर्यात हुने

शुक्रबार नेपालकाे विद्युत बंगलादेश निर्यात हुने भएको छ। भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले अनुमति दिएसँगै नेपालको विद्युत बंगलादेश निर्यात हुने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाल गृहमा नै सुरक्षित छैनन् बालबालिका

बालबालिका राखिएको ठाउँमा उद्धार कार्यदलका संयोजक रसला तण्डुकारको नेतृत्वमा एउटा टोली र गैरकानुनी गतिविधि सञ्चालन गर्ने संस्थाको अनुगमनका लागि कार्यदलका सदस्य धिरज जोशीको नेतृत्वमा टाेली परिचालन गरिएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार निरंकुशतातिर जाने खतरा छ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले आफूलाई लोकतन्त्रवादी प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशतातिर जाने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन दिन लगाएर रुपन्देहीमा सकियाे रविकाे बयान, आजै पोखरा पठाइँदै

रुपन्देही सरकारी वकिलकाे कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेसँग तीन दिन लगाएर बयान लिएर सकाएको छ। मंगलबारदेखि आज बिहीबार साँझसम्म बयान लिएर सकाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अजरबैजान पुगरे राष्ट्रपति पौडेलले भने- नेपालले जलवायु परिवर्तनको ठूलो प्रभाव व्यहोरिरहेको छ

‘जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शुन्य कार्वन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गर्दछौं’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - अजरबैजान

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने अर्याल रिहा

कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे टेलिभिजनमा भ्रमपूर्ण अन्तर्वार्ता दिएको आरोपमा पक्राउ परेका नवराज अर्याल रिहा भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हवाई भाडा मनोमानी वृद्धि गर्नेलाई प्रधानमन्त्री ओलीकै संरक्षण छ: प्रभु साह

अन्तराष्ट्रिय उडानको हवाई भाडामा भएको मनपरी वृद्धिलाई सरकारले नियन्त्रण गर्नुको सट्टा अल्टै जनतालाई भ्रमित गरिरहेको आरोप उनले लगाएका छन्। कमिशनको चक्करमा जे पनि गर्ने ओली सरकारको कुकर्मले आज बिदेश जाने नेपाली श्रमिकहरू ठुलो आर्थिक मारमा परेको साहले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाका नेताहरूविरुद्ध अदालतकाे अवहेलना मुद्धा दर्ता

सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनकाे आराेपमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले बिहीबार सर्वोच्चमा मुद्धा दर्ता गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झलनाथ खनाल र कोरियाका राजदूतबीच भेटवार्ता

भेटक क्रममा पूर्वप्रधानमन्त्री खनालले राजदुतलाई नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरिया बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कन्ट्रोल एडिक्शन नेपालको उपचार पद्दति उचित रहेको गृह मन्त्रालयको दाबी

बुधबार अनुगमन गर्न गएको मन्त्रालयको टोलीले गोदावरीको टौउखेल–३ मा सञ्चालित क्यानको  उपचार पद्दति, व्यवस्थापनका साथै वातावरण पनि उचित रहेको निष्कर्श निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुपन्देहीमा रवि लामिछानेकाे आज पनि बयान

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा अनुसन्धानका क्रममा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बयान सुरु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने ८ लाख सहयोग

महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरुले चेक हस्तान्तरण गरेका थिए। यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको महत्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं