शनिबार, १६ नोभेम्बर २०२४

गौतम बुद्ध विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान सुरु

भैरहवास्थित गाैतम बुद्ध विमानस्थलबाट फेरि अन्तराष्ट्रय उडान सुरु भएकाे छ। शनिबार बिहान कुवेतको जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेसँगै फेरि यहाँबाट अन्तराष्ट्रिय उडान सुरु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साँस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र दलहरू चुक्नुहुँदैन्: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडकमै बस्न बाध्य छन् मान्छेहरू

सरकार सडक मानवमुक्त गर्ने भनेर भनिरहन्छ। तर तीन तहकाे सरकार हुँदा पनि सडक मानव मुक्त हुन सकेकाे छैन। कयाैँ व्यक्ति अहिले पनि सडकमै जीवन बिताउन बाध्ये भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

गुरुङ र भण्डारीविरुद्ध रेड नोटिस जारी

सहकारीकाे रकम अपचलनमा मुछिएका ज्याति गरुङ र ज्याेति बहादुर भण्डारीविरुद्ध रेड नाेटिस जारी भएकाे छ। मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनकाे आराेपमा उनीहरू फरार भएपछि इन्टरपोलबाट रेड नोटिस जारी भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दैलेख-सुर्खेत सिमानामा गाडी दुर्घटना हुँदा ३ जनाकाे मृत्यु, २५ जना घाइते

दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको शुक्रबार दिउँसो गाडी अनियन्त्रि भई दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन भएकाे छ। शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चकाे न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङ्गे

हत्या आराेपमा ५ वर्ष जेल सजाय सुनाइएका गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफै अदालतमा उपस्थित हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सकियाे छट

आज शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएकाे छ। छटका ब्रतालुहरूले हिजो बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए। त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

त्रिभुवन विमानस्थल आज देखि दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको स्तरोन्नतिका लागि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यू-१९ महिला विश्वकप एसिया छनोट: कुवेतमाथि नेपालले शानदार जित

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटकाे दोस्रो खेलमा नेपालले शानदार जित हासिल गरेकाे छ। बिहीबार भएकाे खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै जित हासिल गरेकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गंगासागरमा छठको उल्लास (तस्बिरहरू)

छठ पर्वमा शुक्रबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ। मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

हवाइ टिकट अभाव हुँदा डाेल्पाका बिरामी मारमा

एयरलाइन्सहरूकाे टिकट सिधै ट्राभल्स एजेन्सीहरूले काट्ने हुँदा जिल्लामा आकस्मिक रुपमा लिनुपर्ने टिकट अभाव भएकाे हाे। जसले गर्दा बिरामीहरू मारमा पर्ने गरेकाे जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छठ पर्वले सबै प्रकारका सामाजिक विभेद अन्त्य गर्न सहयोग पुगोस्: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छठ पर्वको मुख्य दिन आज

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पको पुनरागमनले कति फरक पार्छ विश्वलाई?

यसबाट अमेरिकामा त्यसरी गैरकानुनीरुपमा रहेका करोडौं आप्रवासीहरूको सपना त भत्किनेछ नै त्यसबाट अमेरिकाले पनि ठूलो आर्थिक तथा अरु वैश्विक मूल्य चुकाउनुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुई दलीय संयन्त्रकाे बैठक: प्रधानमन्त्री ओलीकाे चीन भ्रमणकाे गृहकार्यमा सहजीकरण गर्ने

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)बीचकाे दुई दलीय संयन्त्रकाे बैठकले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेकाे छ। बुधबार बसेकाे संयन्त्रकाे बैठकले साे निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इजरायलका लागि नेपाली राजदूतमा पण्डित नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पण्डितलाई बुधबार इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ: ट्रम्प

‘यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ। यो अमेरिकी जनताको लागि ठूलो विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा टिकटक आधिकारिक रुपमा दर्ता

सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा दर्ता भएको छ। सरकारले राखेका सबै शर्तअनुसार प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्। मन्त्रिपरिषद्‌काे स्वीकृत बिना जापान भ्रमणमा गएको विषय विवादमा परेपछि अधिकारीले बुधबार पदबाट राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं