शनिबार, १६ नोभेम्बर २०२४

सकियाे छट

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ

News Image
• • •

आज शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएकाे छ। छटका ब्रतालुहरूले हिजो बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए। त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन्। उदाउँदाे सूर्यलाई अर्घ दिएसँगै छट सकिएकाे हाे। 

छठ चार दिनसम्म मनाइन्छ। सूर्यको उपासना र छठी माताको पूजाआराधनाले पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने जनविश्वास छ।

यही विश्वासका साथ छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा भेला भएर श्रद्धालुहरुले पूजासमाग्री सूर्यलाई अर्घ दिने गर्दछन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?