शनिबार, १६ नोभेम्बर २०२४

अमेरिकी चुनावमा नेपाली निर्णायक !

झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर तथ्य के हो भने यसपटकको अमेरिकी चुनावमा नेपाली मूलका मतदाता निर्णायक छन्। यसपटकको चुनावी इपिसेन्टर पेन्सेल्भेनिया राज्यमा हजारौं संख्यामा नेपाली मूलका मतदाता छन्, उनीहरूले जुन उम्मेद्वारलाई मतदान गर्छन्, जीत लगभग उसकै हुने अवस्था छ।तर, यी मतदाता अझै पनि पूरै खुलेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकामा चुनावी तिहारको झिलिमिलि, ह्वाइट हाउसमा दीपावली

अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि तिहारको झिलिमिलि आएको छ। राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावली पर्वको उत्सव शुभारम्भ गरेका छन्। ह्वाइट हाउसको दीपावली कार्यक्रममा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस पनि सहभागी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

हङकङ सिक्स: इङ्ल्याण्डमाथि नेपालकाे सहज जित

शुक्रबार सम्पन्न खेलमा इङ्ल्याण्डले दिएकाे ९८ रनकाे विशाल लक्ष्य नेपाले बिना विकेटकाे क्षतिमा ४.२ ओभरमा पूरा गर्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रंगशालामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरूलाई खाेज्दै प्रहरी

प्रधानमन्त्री ओली फुटबल हेर्न दशरथ रंगशाला जानसक्ने संकेत पाएलगतै रास्वपा कार्यकर्ताहरूले हुलदंगा गर्ने योजना बनाएका थिए। तर, उनीहरूको त्यो योजना रोक्न र पहिचानका लागि प्रहरीले सादा पोशाकमा जवानहरू खटाएको थियो। तिनै सुरक्षाकर्मीहरूले संगठित रुपमा रंगशाला छिरेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी र हो–हल्ला गर्नेहरूको भिडियो कैद गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरा एक वर्षपछि रिहा

विद्युतीय चुरोट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल एक वर्षपछि मंगलबार रिहा भएकाे पारिवारिक स्रोतले जनाएकाे छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले उनलाई साधारण तारिखमा छोड्न आदेश दिएसँगै उनी जेलमुक्त भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीले यसरी मनायाे कुकुर तिहार (तस्बिरहरू)

नेपाल प्रहरी के-नाइन कार्यालय महाराजगञ्जमा लागूऔषध, अपराधीको खोजी र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने कुकुरहरू छन्। कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तिहारका हरेक दिन मृत्युसँग सम्बन्धित छन्, छालाजन्य वस्तु उपहार नदिनू’

काग तिहारको प्रसंग उल्लेख गर्दा मृत्युको प्रसंग पनि जोडिन्छ। मृत्युले म आउँछु तयार भएर बस्नु भनेर त भन्दैन। मृत्युको सन्देश अप्रिय हुन्छ। कागले आखिरमा आफ्नो कर्तव्य पूरा गर्नेगर्छ। कागलाई सञ्चार माध्यमको रुपमा मानिन्छ। अहिले पनि गाँउघरमा काग आएर कतै बसेर करायो भने अशुभ मानिन्छ। त्यसले यमराजलाई सन्देश पुर्याउने काम गर्छ भन्ने विश्वास छ। साथै प्रकृतिको लागि पनि काग महत्वपूर्ण छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेनाको भैरव वाहन गुल्ममा कुकुर तिहार (तस्बिरहरु)

नेपाली सेनाकाे भक्तपुरस्थित श्री भैरव वहान गुल्ममा कुकुर तिहार मनाइएकाे छ। यमपञ्चककाे तेस्राे दिन आज (बिहीबार) बिहान गुल्ममा कुकुर तयार मनाइएकाे छ। यस अवसरमा यहाँ रहेका कुकुरहरुले कला प्रदर्शनी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज कुकुर तिहार र लक्ष्मीपूजा

तिहारकाे तेस्राे दिन आज एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा परेकाे छ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिला फुटबल टाेली छाड्ने प्रशिक्षक तामाङकाे घाेषणा

बुधबार सम्पन्न साफ महिला च्याम्पियनसीपकाे फाइनलमा नेपाली टाेली बंगलादेशसँग पराजित भएसँगै प्रशिक्षक तामाङले अब टाेलीसँग नरहने घाेषणा गरेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इतिहास रच्नबाट चुक्याे नेपाल, साफ च्याम्पियनसीपकाे उपाधि बंगलादेशलाई

त्रिपुरेश्वरस्थित दशरथरंगशालामा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-१ गाेलले पराजित भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालकाे पाेष्टमा बंगलादेशकाे अर्काे गाेल, नेपाल २-१ले पछाडि

त्रिपुरेश्वरस्थित दशरथरंगशालामा जारी खेलमा बंगलादेशकी ऋतु चाक्माले ८१औँ मिनेटमा गाेल गरिन्। याेसँगै नेपाल २-१ गाेलले पछाडि परेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इतिहासकै सबैभन्दा लामो र महङ्गो युद्धको खर्च इजरायलले कसरी धानिरहेको छ?

२०२५ सम्ममा इजरायलले यी युद्धहरूमा लगभग १०० अर्ब डलर खर्च गर्नसक्ने अर्थशास्त्रीहरूको आँकलन छ। यो भनेको इजरायलको कूल ग्राहस्थ उत्पादनको लगभग छ गुणा बढी हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल र बंगलादेशबीचकाे पहिलाे हाफ गाेलरहीत बराबरी

साफ महिला च्याम्पियनसीप अन्तर्गत नेपाल र बंगलादेशबीचकाे फाइनल खेलकाे पहिलाे हाफ गाेलरहीत बराबरीमा राेकिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको म्याद थप, सम्पत्ति शुद्धीकरण निवारण नियमावली स्वीकृत

मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ स्वीकृत गरेको छ भने विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ स्वीकृत पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विचारमा स्पष्टता कायम गरेका दलहरु मिल्ने जति मिलौँ, मिल्न नसक्नेले मोर्चा बनाऔँ: प्रचण्ड

त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैँभित्र आत्मसमीक्षा गरौँ। हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौँ। अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै मन्त्रालय

मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए। उनले विवरण सङ्कलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् भन्नेबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कम्युनिष्टभित्र खुला बहसको आवश्यकता छ: माधव नेपाल

नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनमा थरिथरिका विचारहरु देखापर्ने भएकाले आफ्नो लक्ष्य र उद्देश्य परिपूर्ति गर्नका लागि र साकार पार्नका लागि शक्तिका साथ अगाडि बढ्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजारमा तिहारको रौनक (तस्बिरहरु)

सहरका मुख्य व्यापारिक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिति देखिन्छ। विशेष गरी सधैँ व्यस्त रहने काठमाडौँको असन, इन्द्रचोक, न्यूरोडलगायतका स्थानहरुमा तिहारका लागि आवश्यक सामान किन्नका लागि सर्वसाधरणको बाक्लो भीड लागेको देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र बंगलादेशबीचको फाइनल खेल महानगरले तीन ठाउँबाट लाइभ देखाउने

खेल हेर्न धेरै दर्शकहरुलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट देखाउने जनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं