शनिबार, १६ नोभेम्बर २०२४

सूर्यदर्शन सहकारी प्रकरण: गोरखा ग्रुपका शेयरधनी खनाल पक्राउ

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)काे टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई शुक्रबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो। खनाल नेचर हवर्स इन्टरनेशनल प्रालिका सञ्चालक र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका शेयरधनी रहेकाे प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद्काे १२ निर्णय: मन्त्रीहरूकाे विदेश भ्रमण स्वीकृतदेखि सचिवकाे बढुवासम्म

मन्त्रिपरिषद्का निर्णयमा मन्त्रीहरूकाे विदेश भ्रमण स्वीकृत गर्नेदेखि सचिवकाे बढुवासम्म समेटिएका छन्। जसमा कात्तिक २१ देखि २७ सम्म मेक्सिकोमा दुईपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनकाे लागि उम्मेदवारको खर्चको हद निर्धारण गरेको छ। आयोग शुक्रबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोकेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगहरूले अब उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

उनले सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको भन्दै अब कोही पनि ठगहरू राज्यको नजरबाट भाग्न नसक्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि पक्राउकाे विराेधमा रास्वपाले थाल्याे काठमाडौँमा आन्दोलन

पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन थालेको हो। लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा आजदेखि भने काठमाडौँकाे माइतीघरमा प्रदर्शन गरेकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी राष्ट्रपति चुनाव: कमला ह्यारिसको जित पक्का!

अमेरिकी मिडियाले पनि ह्यारिसलाई बढी स्थान दिएको कारण ट्रम्प निकै पछाडि परेको लिक्टमनको दाबी छ। ह्यारिसले कर कटौती र स्वास्थ्य बीमाको सहारा लिएर मतदातालाई आकर्षित गर्ने प्रयास गरे पनि ट्र्म्प भने ह्यारिसको मानमर्दन गर्नमा मात्र व्यस्त रहेको कारण स्वतन्त मतदाताहरुको सहानभुति ह्यारिसतर्फ बढेको लिक्टमनले आफ्नो भिडियोमा बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

सत्तारुढ दलहरुको बैठक बस्दै

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाले आजदेखि काठमाडौंमा प्रदर्शन गर्ने

पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विद्युत् प्राधिकरणले फेरि काट्यो उद्योगहरूको लाइन

समयमा पनि विद्युत् महसुल नतिरेको भन्दै प्रधिकरणले उद्योगीहरूको लाइन काटेको हो। यसअघि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणलाई उद्योगीहरूको लाइन नकाट्न भनेका थिए। तर, प्राधिकरणले गएराति उद्योगीहरूको लाइन काटिदिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाल समूह बिजेता हुँदै साफको सेमिफाइनलमा, भारतसँग प्रतिस्पर्धा गर्ने

समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ता छन् स्वास्थ्यमन्त्री पौडेलकाे सय दिने उपलब्धिहरू

जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षताको उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विकास र विस्तार, चिकित्सा शिक्षा अध्ययन एक महत्वपूर्ण खुड्किलो शीर्षकलगायत उल्लेख छन्। साथै उनले कर्मचारी समायोजनको बखत फाजिलमा र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरुको व्यवस्थापनको कार्य प्रारम्भ भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनै लाेभ्याउने थरी–थरीका फूलहरु (तस्बिरहरू)

प्रदर्शनीमा सहभागी नर्सरी/फर्महरूले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कट फ्लावर रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविमाथि म्याद थप भएपछि रास्वपाका नेताकार्यकर्ता आक्रोशित, निषेधित क्षेत्र तोडेर प्रदर्शन (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउकाे विराेधमा प्रदर्शन जारी राखेका नेता कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेका छन्। बिहीबार जिल्ला अदालत कास्कीले सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएपछि आक्रोशित भएका नेता कार्यकर्ताहरू निषेधित क्षेत्र ताेडेर प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सत्तापक्षलाई जोगाउने र विपक्षी नेतालाई छानीछानी मुद्दा लगाउने काम गर्‍याे: माओवादी

पार्टी उपाध्यक्ष अग्नि सापकोटाले सरकारले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेल लगायतकाहरुलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति प्राप्त भएकाे छ। बिहीबार जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिबी राईकाे पत्र- रवि जेल चलान भएमा मलाई नेपाल आउन सुरक्षित महसुस हुनेछ

उनले लामिछानले पुर्पक्षका लागि जेल चलान भएमा आफूलाई नेपाल आउन सुरक्षित महसुस हुनेसमेत उल्लेख गरेका छन्। राईले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानलेलाई उन्मुक्ति नदिन आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले प्रधानमन्त्री र जिम्मेवार निकायविरुद्ध गलत आक्षेप लगाएर छानबिन प्रकृयालाई प्रभावित गर्न खाेज्याे: एमाले

छानबिन समितिको प्रतिवेदनका आधारमा छानबिनको प्रकृया अघि बढिरहेको अवस्थामा प्रधानमन्त्री र सरकारका जिम्मेवार व्यक्ति तथा निकायविरुद्ध अमर्यादित अभिव्यक्ति दिने, गालीगलौच गर्ने र गलत आक्षेप लगाउँदै छानबिन प्रकृयालाई प्रभावित गर्नेगरी भ्रम सिर्जना गरेकाे विज्ञप्तिमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि र छविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र  पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ। म्याद थपको लागि उनीहरूलाई बिहीबार बिहान जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको पुष्टि भयो: स्वर्णिम वाग्ले

उनले भने, ‘सरकारले मानमर्दन गर्ने, अपमान गर्ने शैलीमा सरकार प्रस्तुत भएको छ, यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ। राजनीतिक प्रतिशोधले नै पक्राउ गरेको हिजो साँझसम्मको घटनाक्रमले पुष्टि भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं