आइतबार, १७ नोभेम्बर २०२४

रास्वपाले आज पनि पाेखरामा प्रदर्शन जारी राख्ने

शनिबारदेखि जारी प्रदर्शन आज पनि जारी रहने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए। उनका अनुसार देशका विभिन्न ठाउँबाट कास्कीमा आएका कार्यकर्ताहरुलाई अपराह्न १२ बजे पृथ्वीचाेकमा उपस्थित हुन भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विपक्षी दलहरुले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

विपक्षी दलहरुले बाढीपहिरोपछिको राहत उद्धार र पुन: निर्माणको काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स खेल्दै

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सवारी चालकलाई डिजिटल चिट दिने प्रणालीको सुरुवात (तस्बिरहरू)

पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा हुने भएको हो। डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिडियाखाना प्रकृति संरक्षण कोषलाई हस्तान्तरण, यस्ता छन् मन्त्रिपरिषद्को २३ निर्णय

सरकारले जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई चिडियाखाना हस्तान्तरण गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल, पानीको फोहोरा र अश्रुग्याँस प्रहार

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर जिल्ला प्रशासन अगाडि पुगेर अहिले पनि नाराबाजी गरिरहेका छन्। प्रदर्शनकारी र प्रहरी धकेलाधकेल भएपछि अवस्था तनावग्रस्त बनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीकाे सरकार रहेसम्म याे देशले धेरै दुख पाउँछ: रवि लामिछाने

‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ। तर केपी ओलीकाे सरकार रहिरहने हो भने याे देशले धेरै दुख पाउँछ। त्यसैले याे अधिनायकवादी सरकारका विरूद्द यहीबेलामा देशैभरिबाट जाे-जाे जहाँ-जहाँ हुनुहुन्छ मेराे लागि हाेइन देशकाे लागि बाहिर निस्किनुपर्ने बेला आउँछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। सहकारी ठगी तथा सङ्गठित अपराधमा शनिबार पक्राउ परेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निषेधाज्ञा तोडेर पाेखरामा रास्वपाकाे प्रदर्शन

रास्वपाका नेता-कार्यकर्ताले निषेधाज्ञा तोडेरै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन्। उक्त क्षेत्रमा अहिले  ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला राेक

पोखरामा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने भएकाेले निषेधाज्ञा जारी गरिएकाे प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिनियाँ नेतालाई प्रधानमन्त्री ओलीले सुनाए- राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसबीच सहकार्य भयाे

उनले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गरे। प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो टी–२० श्रृंखला

निर्धारित २० ओभरको रोमाञ्चक खेलमा समान १ सय ७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई आज अदालतमा उपस्थित गराइँदै

शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी कास्की प्रहरी कार्यालय पुर्याइएका लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न आइतबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

एमालेको सचिवालय बैठक बस्दै, रविबारे छलफल हुन सक्ने

साँझ ५ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालय च्यासलमा बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक छलफल हुने बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुशल भुर्तेलकाे उत्कृष्ट ब्याटिङकाे मद्दतमा नेपालले अमेरिकालाई दियाे १७१ रनकाे लक्ष्य

जारी टी- २० सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ: प्रचण्ड

माओवादी केन्द्रले चितवनको भरतपुर- १३मा बेपत्ता याेद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

रवि लामिछाने पक्राउकाे विराेधमा सडकमा रास्वपा (भिडियाे)

रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानव अधिकार चोकमा जम्मा भएर नाराबाजी सुरु गरेका छन्। प्रदर्शनमा रास्वपाका केन्द्रीय नेताहरुदेखि विभिन्न जिल्लाबाट पोखरा पुगेका नेता कार्यकर्ताको उपस्थिति रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास

उनीहरुलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवम् शुभेच्छुकहरुले स्वागत गरेका थिए। बेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर– १३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन